केही नेपाली उखान टुक्का संग्रह (Some Nepali Proverbs Collection) भाग – ५

Views:
91

तल क्रम संख्‍या दिई केही नेपाली उखान टुक्‍का र अंग्रेजीमा तिनको समान अर्थ दिईएका छन्। जसको अंग्रेजीमा समान अर्थ दिईएका छैनन्, अंग्रेजीमा तिनको समान अर्थ क्रम संख्‍या उल्लेख गरी कमेन्ट वा रिप्लाई मार्फत पठाउनुहोस्।

Along with Serial Numbers, some Nepali Proverbs and their English Equivalent Meanings are given below. For those having no English Equivalent Meanings, you are requested to send their English Equivalent Meanings stating Serial Numbers.

१. मूर्खलाई सय कोर्रा बुद्धिमानलाई एक कुरा।
–  A word to the wise is enough.
२. मौन सम्मत्ति लक्षणम्।
–  Silence means consent.
३. राम्रो बैठान आधा बैठान।
–  Well begun is half done.
४. लोहाको बैरी लोहा।
–  Diamond cuts diamond.
५. लङ्‍का मार्ने हनुमान जस पाउने डेंढू।
–  One sows another reaps.

६. सास छउन्जेल आश।
–  While there is life, there is hope.
७. सन्तोषी सदा सुखी।
–  Content is happiness.
८. सितैको धन फुपूको श्राद्ध।
–  Evil got evil spent.
९. सुनलाई खोल हाल्नु पर्दैन।
–  A fair face needs no paint.
१०. संगतले मानिस चिनिन्छ।
–  A man is known by the company he keeps.

११. हतपतको काम लतपत ।
–   Haste makes waste.
१२. हात्तीको मुखमा जीरा।
–   A drop of water in the ocean.
१३. हुने विरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात।
–  Childhood shows the man as morning shows the day.
–  Coming events cast their shadows before.
१४. नाकमुनि कन्दनि।
१५. कि लायो सुनको बाला कि गयो … … … को छाला।

१६. कि भयो अमरावतीको राज कि भयो चपरीमुनिको वास।
१७. आए बौको गए साहुको।
१८. आम्दानी चारानाको खर्च बारानाको।
१९. लोभले लाभ, लाभले विलाप।
२०. बुढेसकालमा पाटीको वास।

२१. साउँको भन्दा ब्याजको माया।
२२. ससुरालीको धनमा नामर्दको रजाईं।
२३. बूढी मर्‍यो काल पल्क्यो।
२४. कुकुरलाई मासु पैंचो।
२५. कुकुरलाई घ्यू नपचेको।

२६. दशा भनेको बाजा बजाएर आउँदैन।
२७. धेरै खाए मल थोरै खाए बल।
२८. औषधी र उपदेश मीठो हुन्‍नँ।
२९. जति भान्छे त्यति खिचडी।
३०. अनिकालमा बीउ जोगाउनु हुलमुलमा जीउ जोगाउनु।

३१. जुन थालमा खायो त्यही थालमा हग्छ।
३२. सोर्‍है साला सत्र।
३३. स्याल कराउनु कुखरा हराउनु।
३४. बाख्राको चाकमा किरा परेको।
३५. कसाईंको अगाडि बाख्रा रोएको।

३६. खसी जोख्‍नु सय चोटि मान्छे जोख्‍नु एक चोटि।
३७. हुने हार दैव नटार।
३८. कांही नभएको जात्रा हाँडी गाउँमा।
३९. ठाउँ न ठहर बूढीको रहर।
४०. कपाल दुखेको औषधी नाइटोमा लाई।

४१. काम पाईनस् बुहारी पाडाको ढाड कन्याई दे।
४२. गाँसी गुँसी एकै नासी।
४३. कोढीको जीउ प्यारो अपुताको धन प्यारो।
४४. खर्च न बर्च तीर्थ जानु पर्छ
सपनतीर्थ जाँदाखेरी चुरोट खानुपर्छ।
४५. डिङ्‍गाको सरापले हात्ती मर्दैन।

४६. कताको जिली कताको गाँठी।
४७. वल्लो घाट न पल्लो तीर
वारि खाल्डो पारि भीर।
४८. नपाउनेले केरा पायो बोक्रा समेत चपायो।
४९. पापा पनि चिची पनि।
५०. जति कालो उति मेरै बौको सालो।

५१. जान्‍नेलाई श्रीखण्‍ड नजान्‍नेलाई खुर्पा बींड।
५२. जसको शक्ति उसको भक्ति।
५३. धोबीलाई हतार हुँदैमा घाम लाग्दैन।
५४. जसले जान्यो उसले तान्यो।
५५. नबिराउनु नडराउनु ।

५६. आई लाग्ने माथि जाई लाग्नु।
५७. जसको बाँदर उसैले नचाउँछ।
५८. घैया रोपेर धान फल्दैन।
५९. हलो जोत्दैमा गोरू ब्याउँदैन।
६०. शिवजीलाई धतुरोले लाग्दैन।

६१. काम न काजको दुश्मन अनाजको।
६२. काग बस्नु हाँगा भाँचिनु।
६३. हावा नचली पात हल्लिंदैन।
६४. एउटा पोईको दुईटा जोई ख्वाउने बेलामा कोही न कोही।
६५. तरुनी छउन्जेल सयवटा पोई मर्ने बेला कोही न कोही।

(Visited 472 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *