नेपालको राष्ट्रिय गान
सयौँ थुड्गा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची महाकाली ।।
प्रकृतिका कोटी कोटी सम्पदाको आँचल
वीरहरूका रगतले स्वतन्त्र र अटल ।।
ज्ञानभूमि शान्तिभूमि तराई पहाड हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।।
बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल ।।