साभार:- अक्षलोक (नेपाली साहित्यिक त्रैमासिक), पूर्णाङ्क-४१, २०६८ (श्रावण-आश्विन), पृष्ठ ३४
[AKSHALOK, Nepali Literary Quarterly, Vol.-41, 2011 July-Sept]
Email: akshalok@gmail.com
P. O. Box No. 2905,
Kathmandu
Phone: 4600691, 016216884
विधा:-गजल (Category:- Gajal)
गजल
लीलाराज दाहाल कर्मैया, सर्लाही
जुठो बटुलेर खाएको हिजो
वेदनाको त्यो गीत गाएको हिजो।
समयको चक्र घुमिरहन्छ भन्छन्
दु:खले बेस्सरी सताएको हिजो।
पुराना अनि ती रङ्ग खुइलिएका तस्बिर
दिलमा सजाएको हिजो।
कसरी गर्छौ यो हल्लाको खण्डन
आफैंले चर्चा चलाएको हिजो।
तिमीले कसरी सजिलै छोडौला
मुश्किलले त्यो पद पाएको हिजो।
बेकसुर भै गयौ, समयको इन्साफ
निहत्थाको गला दबाएको हिजो।
आज तिमी ठूलो र सम्पन्न भा’छौ
अभावको ताली बजाएको हिजो।