चिनारी

-‍लक्ष्मीकुमार कोइराला

मुकुट ह्य‌ुचुली सयौं टलल टल्टलाउँदो
हृदय लाख निर्झरी छलल छल्छलाउँदो
झलल दिव्य ज्योतिझैँ किरण जग्मगाउँदो
कुसुमझैं अनन्तमा म छु मग्मगाउँदो,
म त छु मुसकुराउँदो !

पशुपति प्रदेश हुँ अनि स्वतन्त्र देश हूँ
समझदार दृष्टिमा भुवनको म स्वर्ग हूँ,
बुझ म सानु स्वर्ग हूँ !
हरप्रभात विश्वमा किरण, शान्ति भर्दछु
सकल विश्वव-बन्धुको अभय शंख फुक्दछु

हृदयमाझ शान्तिका अमर दुत बुद्ध छन्
सगरमाथमा बसी सकल विश्व हेर्दछन्
तब त भावसिन्धुमा शत तरङ्ग चल्दछन्
सदय दिव्य ज्ञानले भुवन शुद्ध पार्दछन्

सुर-परी सरी यहीँ प्रकृति नृत्य गर्दछिन्
चमचमाउँदी उषा किरण लाख भर्दछिन्
तब त झन्झनाउँदै मन-सितार बज्दछन्
भुवन सत्य-सारका अमर गीत भज्दछन्

दिलभरी विशाल यो भुवन फूल फुल्दछ
अनि यहीँ स्वदेश यो प्रकृति स्वर्ग खुल्दछ
जुन स्वदेशमा सदा शिवउमा निवास छ
तब समस्त विश्वमा मगमगी सुवास छ

भ्रमर फूलमा सरी अतिथिवृन्द झुम्दछन्
अनि अनन्त मोहिनी रस पराग चुम्दछन्
यदि सदेह स्वर्गको भ्रमण गर्दछौ भने
हिमचुली प्रदेश यै प्रकृतिकुञ्जमा घुमे,
कविनिकुञ्जमा रमे !

-0-
-साभार: स्मृतिपुष्प (प्रथम संस्करण, वि. सं. २०७३)

आर पी कलाङ्गत रामेश्वर प्रसाद यादवका कविता संग्रह

बगाऊ आँसुको धारा, यो कलिलो जीवनमा।
साहससँग काम लेऊ, यो स्वर्ग जीवनमा॥

कति ठूलो काल छ, हेर्न सकेको छैन कोही।
कहाँ कस्तो हुन्छ, त्यो कल्पना छैन केही॥
अमर बन्छ ती चोखो तातो रगत दिएर।
शहीद उही हुन्छ, युद्घकालसँग लडेर॥

भुकम्प हुन्छ कि कसो स्मरण हुँदैन कसैको पनि,
कहिले त्यो हुन्छ होला अनुमान छैन यति पनि।

आर पी कलाङ्गत रामेश्वर प्रसाद यादवका कविता संग्रह

श्री गणेशाय नम:

(मिति: २०६७ कार्तिक १०)
नेपाली कविता

बगाऊ आँसुको धारा, यो कलिलो जीवनमा।
साहससँग काम लेऊ, यो स्वर्ग जीवनमा॥
लेखक: रामेश्वर प्रसाद यादव
आर पी कलाङ्गत
सिमराढी गढी, धनुषा

१. आँसु
-आर पी कलाङ्गत

मनको पीडा मनैले बुझ्छ, अरूले बुझ्दैनन्,
कर्मको फल मनैले पाउँछ, अरूले पाउँदैनन्।
जता सुकै गए पनि आफु नै जान्छ, अरू जाँदैन,
जीवनभरिमा साथ दिने, दुइटै दु:खी सुखी हुन्छन्।

आफुले चाहेको कुरा, हुन सक्दैन,
नचाहेको व्यक्तिलाई, सबै थोक हुन्छन्।
पहिलो सुख गर्ने, त्यो हुन्छ सधैंको दु:ख,
जो पहिला दु:ख गर्ने, त्यो हुन्छ सधैंको सुख।

आफुले नचाहेको व्यक्ति, त्यो हुन्छ दुष्ट,
दु:खमा साथ दिने, त्यो हुन्छ मित घनिष्ट।
जसले अरूको कुरा सक्दैन सहन, त्यो हुन्छ घमण्ड,
त्यसको घमण्ड नष्ट गर्ने, एउटै हुन्छ कर्तव्य।

संसारमा मानिस, हुन्छ विभिन्न किसिमका,
सबैका जीवन पनि, हुन्छ थरि थरिका।
सोच्दैन मान्छेहरूले कहिले पनि, अरुको जीवन,
आफ्नै स्वार्थपूर्तिमा बिताइदिन्छ सम्पूर्ण जीवन।

(मिति: २०४० भाद्र ११ शनिबार)
प्रस्तुतकर्ता:- रामेश्वर प्रसाद यादव

२. मनोबल
-आर पी कलाङ्गत

यो जुनीमा कति दु:ख कष्ट गरी,
यो सानु आत्मामा नै संतोष गरी।

अरूको बसमा झ्वास हुन्छ व्यक्ति,
गर्छन् कर्तव्य पालन आफ्नो त्यति।

आफुले मन पराएको भावना,
अरूले उखेलि दिन्छ नै कामना।

बस्छन् यो संसारको कुना काप्चामा
हुन्छन् अत्याचारीको कुभावनामा।

अंकित छ हामी सबैको भाग्यमा,
गर्छ साहस स्वार्थी नर कल्पनामा।

खोज्न चाहन्छ जस जसले निहुँ,
पुग्छन् दुष्ट व्यक्ति पर अरूको सामु।

भगवानको यो पवित्र मन्दिरमा,
कैयौं महान् कार्यको तपस्यामा।

नि:स्वार्थी मनुष्यको मोति बिन्दुमा,
चरित्र छर्लङ्ग देखिन्छ भाकामा।

जीवन ज्योति माधुर्य कर्तव्यमा,
सूर्य झैं अटल विश्वासपनमा।

(मिति : २०४५ असोज २० बिहीबार)
प्रस्तुतकर्ता:- रामेश्वर प्रसाद यादव

३. म पनि इच्छा गर्छु नामको
-आर पी कलाङ्गत

दिन्छन् जन्म बुबाआमा, स्वधर्म इच्छाफलको जुनीले।
आउँछ जिन्दगी बालकपनको, समयको कर्मले॥

कोही हुन्छ अन्धा अपाङ्ग, कोही हुन्छ र लाटो बहिरो।
कोही हुन्छ कानो गुंगो, कोही हुन्छ नै कालो गोरो॥

जीवन रहस्य अन्धा अपाङ्गको, स्वर तिखो कानले।
द्योतक हुन्छन् लाटो गुंगोको, इच्छा मन्द बुद्घिले॥

हुन्छ हृदयशक्ति कानो बहिरोको, सिपालु हातले।
कालो गोरोको पनि हुन्छ, पहिचान आफ्नो कर्तव्यले॥

साथी हुन्छन् संसारमा मानिसको, दुइटै दु:खी-सुखी।
हुन्छन् आत्मा साक्षी आ-आफ्नो, उनकै परमपौरखी॥

आत्मस्वावलम्बी हुनलाई नित्य, सत्यकर्म गर्दछन्।
अधर्मी मनोभावनाले नै, समाजको बाहिर हुन्छ॥

जनबल उनैले पाउँछ, जो परोपकारी हुनाले।
हुन्छ सक्रिय जन जागृति, माधुर्य आत्म सम्मानले॥

बाहिरी आडम्बरले परिपूर्ण, कोही ठूलो हुँदैन।
हुन्छ मानिस ठूलो दिलले, उच्चतम् जातले हुँदैन॥

साहसी मानिस हुन्छ नै वीर, एक एक रगतले।
मातृभूमिको भविष्य उज्जवल पार्ने हुन्छ नै तिनले॥

(मिति : २०४५ असोज २१ शुक्रबार)
प्रस्तुतकर्ता:- रामेश्वर प्रसाद यादव

४. काल
-आर पी कलाङ्गत

मति बिगार्छ काल, जति धनवान् भएपनि।
खेर फाल्छ सीप, जति चतुर्‍याँई गरेपनि॥
सबै जगत प्राणीले, अझै बाँचु भनिकन।
कसैको केही लुक्दैन, कैयौं सीप गरीकन॥

जति जन्मिने प्राणी एक न एक दिन मर्छ।
कोही मर्छ विनाशले, कोही अकालमै मर्छ॥
अझै सम्म कालले, कसैलाई छोडेको छैन।
नवरत्नले छोप्दा पनि कोही जीउँदा छैन॥
थाहा पाउँदैन कोही, कालको आगमनले।
काम्छ मुटु जुनीमा, बितेका घटनाहरूले॥
आफु कति कालसम्म बाँच्ने टुंगो छैन केही।
मातृभूमिको सेवा गर्न सम्झेका हुन्छन् केही॥

कति ठूलो काल छ, हेर्न सकेको छैन कोही।
कहाँ कस्तो हुन्छ, त्यो कल्पना छैन केही॥
अमर बन्छ ती चोखो तातो रगत दिएर।
शहीद उही हुन्छ, युद्घकालसँग लडेर॥

(मिति: २०४५ असोज २२ शनिबार)
प्रस्तुतकर्ता:- रामेश्वर प्रसाद यादव

५. भूकम्प
-आर पी कलाङ्गत

भुकम्प हुन्छ कि कसो स्मरण हुँदैन कसैको पनि,
कहिले त्यो हुन्छ होला अनुमान छैन यति पनि।

उन्नाइसौं शताब्दीको महाभूकम्प थियो अन्त्यतिरको,
तिनले रूप विनाशकारी लिई क्षति भयो जगतको।

एघार हजार जन मृत्यु भयो रे त्यो दैव्यरूपले,
पहिलो नाम रह्यो संसारमा भयङ्कर घटनाले।

फेरी अब हुन्छ की, त्यसको आशंका बढ्नथाल्यो रे,
वर्षौं वर्ष समय बित्दा अनि त्यो विचार हरायो रे।

देश देशमा फैलियो लहर विकासको तीव्रगति,
हरायो सबै अधिन एक एक स्वार्थी नरको शक्ति।

काल चक्र आउँछ कि विचार फैलियो एक चोटी नै,
हाहाकार भयो स्वदेशमा अकालको पैंतालिस सालमै।

थाल्यो घनघोर वर्षा हुन फेरियो सास संतोषको,
आयो भीषण बाढी बन्द भयो सुगम रेल सहितको।

आक्रोश फैलियो सबैतिर लोभ, अन्याय भ्रष्टाचारको,
पाप धर्म लुट्न आयो आगमन भयो कालको।
पचपन्न वर्ष पछि फेरियो पाँच पाँचको समय,
यस्ता अशुभ अंक मिलि धारण गर्‍यो विनाश समय।

ठूलो क्षति पुर्‍यायो यहाँ नै यो दोश्रो महाभूकम्पले,
भू हलचल मै मर्‍यो स्वदेशी एक हजार जतिले।

राजा प्रजा सहित चकित हुनुभयो यो घटनाले,
सहयोगीको भावना बढ्यो विश्वको इतिहासले।

(मिति: २०४५ असोज २३ आइतबार)
प्रस्तुतकर्ता:- रामेश्वर प्रसाद यादव

६. मनन
-आर पी कलाङ्गत

यो मृत्यलोकमा एक पटक मान्छे जन्मिन्छ,
आफ्नो जन्मभूमीको लागि केही सत्यार्थ लाग्छ।
आफु जन्मनासाथ हुर्की बढी लाग्छौं पढ्नमा,
साना बालक छँदा केही लेख्न लाग्छ मनमा।
पढ्न शुरू गर्दा कथा सिकाई दिन्छ गुरुले,
आफ्नो आत्मामा छाप पर्दा निष्कर्ष हुन्छ तिनले।
चिन्तन मनन हुन्छ दू:खी जन नेपालीको,
उज्ज्वल पार्न सकून् हुन्छ उपकार त्यसको।
दु:खी जहानको मुटु असहाय भए पनि,
स्वाबलम्बी हुनमा गर्छन् तनमनले उनी।
धनी हुन लाग्छ मन अहम् बढ्छ स्वभावमा,
भिखारीको दु:ख हेर्दा रून्छ मुटु ईश्वरमा।
दुई चार दिनको जिन्दगी चोले फेर्छ सत्य,
तीता मीठा अनुभव चाहिन्छ उच्च हृदय।
देशभक्ति हुन चाहिन्छ कर्म अनुशासन,
कर्म गर यश पाऊ कीर्तिमान् राख जीवन।

(मिति : २०४५ कार्तिक १८ शुक्रवार)
प्रस्तुतकर्ता:- रामेश्वर प्रसाद यादव

७. समर्पण
-आर पी कलाङ्गत

उत्पन्न हुन्छ कल्पना नरको चिर आत्मामा,
प्रकृतिको सृष्टि पूर्ण हुन्छ आँखामा।
डाँफे भाकाले घन्किन्छ मर्म स्पन्दनमा,
हिमालको काखमा छन् तराइका तरेलीमा।
खोलाको बाटोले तराइको मलिलो माटोले,
चौंरीको दूधले हरियाली फाँटको बालीले।
बिहानीको घामले टल्किने सुनौला चुचुरा,
पहाड पखेरामा गौंथलीको घरबारमा।
सुन्दर दृष्टि बारीमा जुनारको बगैंचामा,
चौतारीको ठाउँमा वर पिपलको छाँयामा।
गर्छन् मायालु सुविचार कोइलीको भाकामा,
आफ्नो दु:खी जीवन बिताउँछन् नै स्वदेशमा।
एक एक मुटुले दिन्छ बलिदान युद्घमा,
शहिदको पाइला चाली हुन्छ गद्‍गद् वीरतामा।
श्रीपेचको नव मुकुट भित्र फिजिन्छ मर्म।
जीन्दगी नै आउँछ अर्को अमर वाणी कर्म।
हामी सवै नेपाली एक गरौं सेवा देशको,
विश्वको सामुमा आउँछ सुनाम गोर्खालीको।

(मिति : २०४५ मंसीर ४ शनिबार)
प्रस्तुतकर्ता:- रामेश्वर प्रसाद यादव

८. भक्ति
-आर पी कलाङ्गत

जीन्दगीको लहरमा त्रिमूर्तीको भक्ति गर्छन्,
कर्तव्यपालन गर्न जीवन नै बिताउँछन्।
छोरा भक्ति गर्छ श्रवण झै बुबाआमा प्रति,
विद्यार्थीवर्ग पनि गर्छन् नै गुरुजन प्रति।
पूजारी पूजा गर्छ मन्दिरमा दैव्यशक्तिको,
योगी महात्मा तपस्या गर्छन् अलकरूपीको।
चन्द्रमा घुम्छन् निरन्तर वरिपरि पृथ्वीको,
चन्द्रमा घुम्छन् परिक्रमा सूर्यनारायणको।
प्रभातले फिजाउँछ कान्ति पृथ्वीवासीलाई,
सबै जगत्–प्राणी गर्छन् विनय ईश्वरलाई।
अटल विश्वास तपस्याले ध्रुवलोक पुगी,
घुम्छन् सप्तऋषी तारागण ध्रुवकै वरिपरि।
अनगिन्ति ताराले शोभा दिन्छ आकाशलाई।
चन्द्रबहुरूपीले उज्ज्वल पार्छनु रातलाई,
देशलाई शिर ठाडो गर्ने हुन्छ देशभक्ति,
थोपा थोपा जनबल मिलि गर्छन् आत्मशक्ति।
शहिदको लागि त्याग दिन्छ नेपाली मुटुले,
भक्ति गर्छ उनैले जन्मभूमीको सपूतले।

(मिति: २०४५ मंसीर ०४ शनिबार)
प्रस्तुतकर्ता:- रामेश्वर प्रसाद यादव

समस्त नेपालीहरूलाई दशैं, तिहार – छठको उपलक्ष्यमा
हार्दिक मंगलमय शुभकामना छ।

स – सम्पूर्ण नेपाली बुद्घिजीवी वर्ग सुखमयहोस्
म – महान पर्वहरूलाई सबैले सम्मान गरौं
स्त – खुलस्त रूपमा हरेक कामको पारदर्शीहोस्
ने – नेपालका नेताहरूलाई सद्‍बुद्घि दियून्
पा – पाठशालामा बालबालिकाहरूलाई पठाऔं
ली – लिखितरूपमा सबै जनजातिको भावनालाई समेट्ने गरी संविधान बनोस्
ह – हक र अधिकार सम्झौं
रू – रूप अनुसारको देव र देवीलाई पूजा पाठ गरौं
ला – लाखौं नेपालीहरूको दीर्घायुको कामना गरौं
ई – ईनामका लागि राम्रा राम्रा काम गरौं
द – दया गर हे भगवती
शैं – शैलपुत्री माँ दुर्गा देवी
ति – तिमी सधैं मेरो रक्षा गर
हा – हाँसी खुशीले मेरो जीवन भर
र – रत्तिभर म विचलित नहोऊँ
छ – छटपटी र वेदनाले कहिल्यै नछोऊँ
ठ – ठग र चोरको संगत नलाऊँ
को – कोठा महल सबै म पाउँ
उ – उपकारी बनौं र अरूलाई बनाऔं
प – परोपकारी भन्ने भावना सबैमा जगाऔं
ल – लहै लहैमा कसैसँग नजाऔं
क्ष्य – क्षय हुने काम प्रति सजग होऔं
मा – मातृभूमीको इज्जतको कदर गरी ईमान्दार नेपाली बनौं
हा – हामी सबैलाई दुर्गा, लक्ष्मी र सूर्यदेवले कल्याण गरूँन्
र्दि – हृदयमा ईश्वरको बासहोस्
क – कर्म र सीपको ज्ञान देओस
मं – मंगल नै मंगल मेरो होस्
ग – गणपति र लक्ष्मी सधैं दाहिने होस्
ल – लगन, सीप र मेहनतले म बाँचू
म – मनलाई सधैं प्रफुल्ल बनाई म नाचूँ
य – यमराज पनि नजिक आउन डराओस्
शु – शुभ नै शुभको सधैं जयगान गाओस्
भ – भगवती देवी सधैं कृपा गर
का – कामना सधैं मेरो पूर्ण गर
म – मह नै महमा मेरो हात होस्
ना – नाम मेरो सधैं जयजयकार होस्
छ – छठीमाईले सबैवर्गका नेपालीहरूलाई कल्याण गरूँन्।

(मिति: २०६७ कार्तिक १०)
प्रस्तुतकर्ता : रामेश्वर प्रसाद यादव

समस्त नेपालीहरूलाई होलीको उपलक्ष्यमा हार्दिक
मंगलमय शुभकामना व्यक्त गर्दछौं।

स – सम्पूर्ण नेपाली बुद्घिजीवी वर्ग सुखमयहोस्
म – महान पर्वहरूलाई सबैले सम्मान गरौं
स्त – खुलस्त रूपमा हरेक कामको पारदर्शीहोस्
ने – नेपालका नेताहरूलाई सद्‍बुद्घि दियून्
पा – पाठशालामा बालबालिकाहरूलाई पठाऔं
ली – लिखितरूपमा सबै जनजातिको भावनालाई समेट्ने गरी संविधान बनोस्
ह – हक र अधिकार सम्झौं
रू – रूप अनुसारको देव र देवीलाई पूजा पाठ गरौं
ला – लाखौं नेपालीहरूको दीर्घायुको कामना गरौं
ई – ईनामका लागि राम्रा राम्रा काम गरौं
हो – होलिकाको दहन (दुष्ट आत्माको दहन) गीत गाइ
रंग खेलौं
ली – लीला (नाच) नृत्य गरी रंग अबीर खेलौं
को – कोइलीको भाकामा मीठा गीत गाऔं
उ – उपकारी बनौं र अरूलाई बनाऔं
प – परोपकारी भन्ने भावना सबैमा जगाऔं
ल – लहै लहैमा कसैसँग नजाऔं
क्ष्य – क्षय हुने काम प्रति सजग होऔं
मा – मातृभूमीको इज्जतको कदर गरी ईमान्दार नेपाली बनौं
हा – हामी सबैलाई दुर्गा, लक्ष्मी र सूर्यदेवले कल्याण गरूँन्
र्दि – हृदयमा ईश्वरको बासहोस्
क – कर्म र सीपको ज्ञान देओस
मं – मंगल नै मंगल मेरो होस्
ग – गणपति र लक्ष्मी सधैं दाहिने होस्
ल – लगन, सीप र मेहनतले म बाँचू
म – मनलाई सधैं प्रफुल्ल बनाई म नाचूँ
य – यमराज पनि नजिक आउन डराओस्
शु – शुभ नै शुभको सधैं जयगान गाओस्
भ – भगवती देवी सधैं कृपा गर
का – कामना सधैं मेरो पूर्ण गर
म – मह नै महमा मेरो हात होस्
ना – नाम मेरो सधैं जयजयकार होस्
व्य – व्यवहारमा असर नपर्ने गरी रंग अबीर खेलौं
क्त – भक्त प्रह्लाद जस्तो बानी बसालौं
ग – गरीब र अमीर बीचको मतभेदको भावना त्यागी भाइबन्धुत्व जस्तो बनौं
र्द – दर्द भरी गीत गाइ रंग खेलौं
छौं–

(मिति : २०६७ कार्तिक १०)
प्रस्तुतकर्ता : रामेश्वर प्रसाद यादव

ब्रम्हा, विष्णु र महादेव: को ठूलो?

एक दिन ब्रम्हा र विष्णुकाबीच तँ ठूलो कि म ठूलो भनी चर्काचर्की परेछ।
दुबै जनाले ‘लौ हिंड् महादेवलाई सोध्न’ भनेर गएछन्।
महादेवले पनि आफ्नो लंगौटी उचालेर दुबैलाई अर्हाउँदै भनेछन्- “लौ एउटा उँभो जाओ, अर्को उँधो। उँभो जानेले टुप्पो र उँधो जानेले फेद पत्ता लगाएर मात्र फर्कनू। जो पहिले फर्कन्छ उहि ठूलो।”

त्यसपछि विष्णु गरुड चढेर उँभो उडेछन् र ब्रम्हा चाहिं पुष्पक विमान चढेर उँधो लागेछन्।
बर्षौंपछि दुबै जना पसीना काढ्दै लखतरान् भएर फर्केछन् र महादेवलाई भनेछन्- “प्रभो, हामीले त उँभो-उँधो केही पत्ता लगाउन सकेनौं।”

अनि त्यसपछि महादेवले आफ्नो लंगौटी तल सार्दै भनेछन्- “देख्यौ त, को ठूलो रहेछ? ल अबदेखि को ठूलो भनेर झगडा नगर्नू। सृष्टिको नियम अनुसार आ-आफ्नो काम गर्नू। लौ जाओ फर्क अब।”

ब्रम्हा र विष्णु पनि त्यसपछि आपसमा मुखामुख हेर्दै आ-आफ्नो घरतिर लागेछन्।

साभार:
जयभुँडी (हाँस्य-व्यङ्ग्य) – भैरब अर्याल।

(माथि हाँस्य-व्यङ्ग्यको केही अंश मात्र साभार गरिएको हो।)

थुतुनो पुराण

थुतुनो याने मुख । यो नाकको मुन्तिर, चिउडोको केही माथी अबस्थित छ । यो धेरै प्रकारले प्रयोग हुन्छ । यसको प्रमुख काम खाना खानु हो । त्यस बाहेक रुघा लागेर होस् वा साइनस बाट पीडित हुँदा यसले सास फेर्ने काम पनि गरिदिन्छ । त्यसो त मुख उक्काएर सधैं मुखबाट सास फेर्ने पनि धेरै छन् । मुखको अर्को प्रमुख काम बोल्नु पनि हो । बोली गोली पनि बन्छ जब त्यो खतरनाक हुन्छ । त्यस्तो बोलीले समय, ठाउँ र परिस्थिती अनुसार कम्पन पैदा गर्छ । सानो मान्छेको मुखले सानै अनी ठुलो मान्छेको मुखले ठुलै असर गर्छ समाजमा । बोलीले समाज परिवर्तन गर्न सक्छ भने बोलीले नै बिध्वन्स पनि । यसले कहिलेकाही देशको नक्सा समेत बदल्न सक्छ l त्यसैले यसको काम अनुसार कहीले नाम त कहीले काही बदनाम हुन्छ यहि मुख ।

साभार:-  Mysansar, April 3rd, 2011

लेखनाथ गौतम/टेक्सास, अमेरिका

थुतुनो याने मुख । यो नाकको मुन्तिर, चिउडोको केही माथी अबस्थित छ । यो धेरै प्रकारले प्रयोग हुन्छ । यसको प्रमुख काम खाना खानु हो । त्यस बाहेक रुघा लागेर होस् वा साइनस बाट पीडित हुँदा यसले सास फेर्ने काम पनि गरिदिन्छ । त्यसो त मुख उक्काएर सधैं मुखबाट सास फेर्ने पनि धेरै छन् । मुखको अर्को प्रमुख काम बोल्नु पनि हो । बोली गोली पनि बन्छ जब त्यो खतरनाक हुन्छ । त्यस्तो बोलीले समय, ठाउँ र परिस्थिती अनुसार कम्पन पैदा गर्छ । सानो मान्छेको मुखले सानै अनी ठुलो मान्छेको मुखले ठुलै असर गर्छ समाजमा । बोलीले समाज परिवर्तन गर्न सक्छ भने बोलीले नै बिध्वन्स पनि । यसले कहिलेकाही देशको नक्सा समेत बदल्न सक्छ l त्यसैले यसको काम अनुसार कहीले नाम त कहीले काही बदनाम हुन्छ यहि मुख ।

मान्छे कस्तो छ भन्ने कुरा मुखले चाल पाइन्छ धेरै जसो । उस्को बोली नै यस्तो अस्त्र हो जसबाट उस्को ब्यक्तित्व झल्कीन्छ । उस्को दिमागमा कति गुदी छ भनेर सजिलै थाहा पाउने माध्यम उस्को बोली नै हो । आफ्नो कुरा जति लुकाउन खोजे पनि, आफू जान्ने भएको जति स्वाङ पारे पनि बोलीको दमले उस्को सतह स्पस्ट हुन्छ । शब्दलाई घुमाइ फिराइ गरेर आफ्नो अनभिग्यता वा अक्ष्यम्तालाई लुकाउन खोजे पनि बोली बाट उस्को धोती खुस्की हाल्छ ।

यसरी मान्छे बोल्ने जस्तो गहन काम मुखबाट हुन्छ । यसले नै हो इस्टमित्र बनाउने र दुस्मन बनाउने पनि । कुरा गर्ने काइदाले कहीले उसलाई फाईदा त कहीले घाटो हुन्छ । सबै चाहन्छन् मेरो कुरा सबैले सुनुन् । मेरो कुराको राम्रो प्रभाव परोस । ठुलै देशको नेता मात्र होईन ४ जनाको परिवारको प्रमुखले पनि आफ्नो बोलीको प्रभाव राम्रै परेको हेर्न चाहन्छ । त्यसैले तुक नभएको बोली बोले पनि “म”, “मेरो कुरा” “मैले भनेको” जस्ता कुराहरु धेरै जस्तो सुन्न पाईन्छ । यस्सो गफ गर्न बस्यो भने धेरैको मुखारबिन्दबाट यस्ता कुरा निस्किरहन्छन् । यस्मा हामी नेपालीको मात्र कपी राइट छैन, यो युनिभर्सल आइडिया हो ।

तर जब मुखले जथाभावी बोल्न थाल्छ, यो मुख होईन थुतुनो कहलिन्छ । हामी बढी बोल्यो भने भन्छौ कति थुतुनो चलाएको भनेर । जहिले सम्म यो मुख हुन्छ त्यसको नकारात्मक प्रभाव कम वा सुन्य हुन्छ । तर जब यो थुतुनो बन्छ, यसले बित्यास पार्छ, बिगार्छ, भत्काउछ, ध्वस्त पार्छ । यसले इस्ट लाई दुस्ट बनाउछ । साथिलाई सत्रु बनाउछ । वरको लाई परको बनाउछ । माया गर्ने हरु घ्रिणा गर्न थाल्छन् । सुभचिन्तकहरु कुरा काट्ने हुन्छन् । त्यहि थुतुनोले उसलाई एक्ल्याउछ ।

थुतुनो कति प्रकारका होलान् ? बडो जटिल प्रश्न हो यो । यसलाई बर्गिकरण गर्नु सजिलो काम होईन । किनभने हरेकको आफ्नै प्रकारको थुतुनो हुन्छ । एउटै मान्छेको पनि बेलाबखत फरक खालको थुतुनो हुनसक्छ । अत्यन्तै माया गर्ने सतिदेवी जस्ती श्रीमतीको रिसको बेलामा सुरसाको जस्तो थुतुनो हुनसक्छ । साप्रामा टाउको टेकाएर मुकाउदै कुरा गर्ने बेलामा माया गर्दै कपाल मुसार्दै मिठा शब्द बोल्ने बोय फ्रेण्ड रिसाउदा रावण जस्तो बोल्न थाल्न सक्छ । त्यसैले थुतुनाको प्रकार छुट्टाउनु अरिगाठेको खुट्टा गन्नु जस्तै हो । तर सोलोडोलो रुपमा मैले यिनलाई तीन बर्गमा पार्ने प्रयास गरेको छु । त्यस्भित्र पर्ने नपर्ने, अटाउने नअटाउने जिम्मा थुतुनाहरुकै । मलाई केको टन्टन ।

काउले थुतुनो : थुतुनाको प्रकारले नै बुझिन्छ यो कस्तो थुतुनो हो भनेर । काउलो एक प्रकारको रुखको नाम हो । तिहारमा सेल रोटी पकाउदा आमाले त्यहि काउलाको बोक्रो थिचेर हाल्नु हुन्थ्यो । रोटी मज्जाले फुर्थे, आजकाल सोडा हालिन्छ त्यसको ठाउमा । त्यो चिप्लो हुन्छ । त्यसैले काउले थुतुनो पनि चिप्लो हुन्छ । चिप्लोमा टेकेर कति चोटि हामि लड्छौ, पल्टिन्छौ त्यो त भन्नै पर्दैन । यो चिप्लो हुन्छ, चिल्लो हुन्छ । रोटी चिल्लो मिठो कुरा खस्रा मीठा भन्ने उक्ती हाम्रो नेपालमा त्यसै चलेको होईन । यो काउले थुतुनो सुन्नमा मज्जाको हुन्छ । कुरा मिठा हुन्छन् । तर परिणाम त्यसले तपाईंलाई लडाइदिन्छ । त्यस थुतुना बाट निस्केका हरेक बचन अर्थपुर्ण हुन्छन् । त्यस्मा हास्यरस मिस्रित हुन सक्छ तर त्यो कुटिल हुन्छ । त्यहा शब्दको धेरै अर्थ लाग्छन । तपाईं त्यसबाट यति प्रभावित हुनुहुन्छ की आफू चिप्लिएर खुत्रुक्क लडेको तपाईं चाल पाउनु हुन्न । त्यसैले यो निकै सतर्क हुनु पर्ने थुतुनो हो ।

छुचो थुतुनो : यो थुतुनोलाई फत्फते थुतुनो पनि भन्न सकिन्छ । यो दिमागको नियन्त्रणमा प्राय हुदैन । बोल्दा बोल्दै आफ्नो धोती खुस्केको यो थुतुनाधारीहरुले चाल नै पाउदैनन् । यिनीहरुलाई सबैको बारेमा थाहा भए जस्तो बक्बक गर्छन् माने उनिहरु त्रिकालदर्शी हुन् । सबैको बारेमा केही न केही प्रतिक्रिया यो थुतुनो वालाहरुसँग हुन्छ । नेपाली समाजमा महिलालाई रुद्रघण्टी नभएको भनेर आलोचना गरिन्छ तर यस्मा महिलाको मात्र कपिराइट छैन, पुरुष पनि कम छैनन् । शायद यो बर्गका मान्छेहरुको रुद्र घण्टि हुदैन । यो थुतुनाधारीहरुको कुराले अरुलाई त असर पर्ने नै भयो, त्यो भन्दा बढी उनिहरुलाई नै पर्छ । बोली दिमागको नियन्त्रणमा नहुने हुनाले के बोले भन्ने भ्याउ उनिहरु पटक्कै पाउदैनन् फल्स्वरुप ऊनीहरुलाई समाज्मा फाल्तु मान्छेको दर्जामा राखिन्छ । “यसको कुरा केको पत्याउनु” धेरैको प्रतिक्रिया यस्तै हुन्छ । पतरपतर बोलिरहने हुनाले बोलिमा कुनै दम हुदैन । गोप्य्ता कुन चराको नाउ हो यिनीहरुलाई पत्तो हुदैन । कुनै गोप्य सुचना वा कुरो कानकान्मा पुराउन एफएम रेडियोमा दिनु पर्दैन, यिनैलाई भन्दिनुस् काम खत्तम । नराम्रो कुरो त यिनले घण्टा भरमै घरघरमा पुर्याउछन् । त्यसैले गोप्य कुरो यस्ता सँग नगर्दै बेश, राख्नु पर्छ धेरै होश ।

दुस्ट थुतुनो : यो थुतुनो लाई गनगने थुतुनो पनि भनिन्छ । यो खाली गनगन गरिरहन्छ । यस्मा खुशी र उमंग हुदैन । बोलिमा गोली हुन्छ । बोल्दा घोचेरै बोल्छन यो बर्गका मान्छेहरु । अर्काको खेदो खन्नु यसको प्रमुख बिशेसता हो । राम्रो कामलाई पनि नराम्रो कोणबाट बिस्लेशण गर्नु, सकारात्मक कामलाई नकारात्मक तरिकाले व्याख्या गरेर त्यसको उछित्तो काढ्नु यो थुतुनाको गुण हो । बोली सुन्दा नमिठो लाग्दैन तर त्यसको असर निम्पत्ताको भन्दा ठीक उल्टो हुन्छ । अरुलाई दुखै दिने, दु:ख र कस्टकै चाहना गर्ने र फल्स्वरुप आफू पनि दु:खमै फस्नु पर्ने यो थुतुनाधारीहरुको बाध्यता हो । आत्मसम्मान भन्ने यिनिहरुमा पटक्कै हुदैन । यो भएन, त्यो भएन, यस्तो भएन, त्यस्तो भएन, उस्को भयो मेरो भएन, उस्ले गर्‍यो मैले सकिन, उसङग छ म सँग छैन् भनेर २४ सै घण्टा गोइडरो गर्नु यो थुतुनाधारीहरुको धर्म हो । त्यसैले यो थुतुनो पनि खतरा नै हुन्छ । सतर्क हुनु नै बेश हुन्छ । टाढै रहनु उचित हुन्छ ।

यसबाहेक थुतुना अरु प्रकारका पनि होलान् सबैलाई येत्तिमा अटाउन गाह्रो छ । तपाईं हामी मध्य को को यो बर्गमा पर्छौ हेर्नु, अनुभव गर्नु र मुखलाई थुतुनो बन्न बाट जोगाउने काम गर्न अझै ढिला गर्नु हुन्न ।

तपाईँ कुन खालको ज्वाइँ?

ज्वाइँ भन्नाले छोरी, बहिनी, भतिजी, नातिनी, भान्जी, पनातिनीको लोग्ने, पति, पोइ, श्रीमान्, बुढो, खसम भन्ने बुझिन्छ। ज्वाइँ शब्द एउटै भए पनि ज्वाइँहरु ३ प्रकारका हुन्छन्। आज म तिनै ज्वाइँहरुका बारेमा लेख्दैछु र तपाईँ पढ्दै हुनुहुन्छ। झ्याइँ पार्नु भएको छ भने यो पढेपछि तपाईँ कुन ज्वाइँ पर्नुभो छर्लङ्ग हुन्छ।

१) भलाद्‍मी ज्वाइँ— भलाद्‍मी ज्वाइँ कस्ता हुन्छन् भने बढीमा वर्षमा १ पटक ससुरालीको आँगन टेक्ने। समय नमिलेर वा जाने मन नभएर यस्ता ज्वाइँहरुले कमै दर्शन दिन्छन्। यिनलाई मैले भलाद्‍मी ज्वाइँ भन्ने गरेको छु। तपाईँले जेसुकै भने पनि फरक पर्दैन। मेरा कुरा नै मान्नुपर्छ भन्ने करकाप छैन। जसले जे भने पनि तर यी ज्वाइँहरु मेरा नजरमा भलाद्‍मी ज्वाइँ हुन्। यिनलाई न सालीको ख्याल हुन्छ न ससुरालीको। हुन्छ भने निजकै इज्जतको ख्याल हुन्छ। यिनले बुझेका हुन्छन् ससुराली कमै जानुपर्छ भन्ने। असली ज्वाइँ यिनै हुन् र यी मात्र हुन्। ज्वाइँ हुन त यस्ता !

साभार:-  Mysansar, August 22nd, 2011

-चर्चित ढुङ्गेल-

ज्वाइँ भन्नाले छोरी, बहिनी, भतिजी, नातिनी, भान्जी, पनातिनीको लोग्ने, पति, पोइ, श्रीमान्, बुढो, खसम भन्ने बुझिन्छ। ज्वाइँ शब्द एउटै भए पनि ज्वाइँहरु ३ प्रकारका हुन्छन्। आज म तिनै ज्वाइँहरुका बारेमा लेख्दैछु र तपाईँ पढ्दै हुनुहुन्छ। झ्याइँ पार्नु भएको छ भने यो पढेपछि तपाईँ कुन ज्वाइँ पर्नुभो छर्लङ्ग हुन्छ।

१) भलाद्‍मी ज्वाइँ— भलाद्‍मी ज्वाइँ कस्ता हुन्छन् भने बढीमा वर्षमा १ पटक ससुरालीको आँगन टेक्ने। समय नमिलेर वा जाने मन नभएर यस्ता ज्वाइँहरुले कमै दर्शन दिन्छन्। यिनलाई मैले भलाद्‍मी ज्वाइँ भन्ने गरेको छु। तपाईँले जेसुकै भने पनि फरक पर्दैन। मेरा कुरा नै मान्नुपर्छ भन्ने करकाप छैन। जसले जे भने पनि तर यी ज्वाइँहरु मेरा नजरमा भलाद्‍मी ज्वाइँ हुन्। यिनलाई न सालीको ख्याल हुन्छ न ससुरालीको। हुन्छ भने निजकै इज्जतको ख्याल हुन्छ। यिनले बुझेका हुन्छन् ससुराली कमै जानुपर्छ भन्ने। असली ज्वाइँ यिनै हुन् र यी मात्र हुन्। ज्वाइँ हुन त यस्ता !

२) लिब्रिके ज्वाइँ— यी ज्वाइँहरु कस्ता हुन्छन् भने साह्रै नै सस्ता। लिब्रिक लिब्रिक ससुराली धाइरहने र साली छिन् भने तीसँग प्रेमगीत गाइरहने यिनको बानी हुन्छ। महिनाका सबैजसो दिन ससुरालीमै बिताउन चाहने यस्ता ज्वाइँहरु लाजघिन पचेका र इज्जत नबचेका हुन्छन्। यस्ता ज्वाइँहुरु यसरी ससुराली धाउँछन् कि मानौं घर चैँ ससुराली र ससुराली चैँ घर हो झैँ। यिनलाई ससुरालीमा सत्कार कम र दुत्कार बढी मिल्छ। तर पनि यिनीहरुको नजर ससुरालीतिरै हुन्छ। ससुरालीमा साली रहुञ्जेल र साँझबिहान भरिएको थाली अघिल्तिर रहुञ्जेल यिनको बास ससुरालीमै हुन्छ।

‘ज्वाइँ कहिले फिर्नुहुन्छ?’ भनेर सासुससुराले नसोधेसम्म यस्ता ज्वाइँले पिर्नसम्म पिर्नुहुन्छ। यस्ता ज्वाइँदेखि सावधान हुनु जरुरी भैसकेको छ। लिब्रिक लिब्रिक ससुराली जाने भएकाले नै मैले यस्ता ज्वाइँलाई लिब्रिके भनेको हुँ। तपाईँ जेसुकै भन्नुहोस्।

३) घर ज्वाइँ— ससुरालीघरमा केही साल वा सदाबहार रुपमा बस्ने ज्वाइँलाई घरज्वाइँ भनिन्छ। छोराबिहीन ससुरालीमा यस्ता ज्वाइँहरुले आश्रय पाउँछन्। कतिपयले धनको लोभमा घरज्वाइँ बस्ने गरेको पाइन्छ भने कतिले बाध्यताले। तर घरज्वाइँ बस्नेको हविगत धोबीको कुकुरको झैँ भएको देख्छु म त। ‘ज्वाइँ ! पाहुनालाई पिरा दिनु त।’ भनेर सासु वा जेठीसासुले नोकरको ब्यवहार गरेको देखेर ज्वाइँ कहिल्यै छोरो हुँदैन, छेपारा बढेर गोहोरो हुँदैन भन्ने कुरो स्पष्ट हुन्छ। कति घरज्वाइँ होलान् जसले छोराको स्थान पाएका होलान्? यो धर्तीमा कुन ज्वाइँले स्वास्नीका, उस्तै परे सासुका लुगा नधोको होस्। जे होस्। घरज्वाइँ बस्ने सयकडा पन्चानब्वे प्रतिशतको हालत भिजेको मुसो र डल्लाले थिचेको उम्रिँदै गरेको मकैको टुसो जस्तै होला। सासु वा ससुरा मर्लान् र सम्पत्तिको मालिक बनुँला भनेर यस्ता ज्वाइँको जुनी बितेको देखेको छु। अरुको के कुरा गर्नु। मेरै कुरो गर्छु।

नेपालमा हुँदा नभएको घरज्वाइँ कतारमा भइएको छ। तानेको भिसामा कतार पालेको म यहाँ आइपुग्दा पो थाहा पाएँ ससुराली आएको कुरो। ससुराबाहुन यतै र सालो केटो पनि यतै भएपछि म एयरपोर्टबाट नेपालमा मन्त्री चढ्ने पजेरोमा के चढेको थेँ मभित्रको अँधेरो उज्यालोमा परिणत भएहाल्यो र मैले सेलिया ससुरालीको आँगन टेकिहालेँ। केही हप्ताहरु किचनमा खाना खान बाहेक नपसी बिते। जसै कतार टेकेका दिनहरु लम्बिँदै गए र म पनि घरज्वाइँ हुँदै गइराछु। अब त्यो दिन नजिक आउँदैछ जब हामी सालाभेना र ससुराज्वाइँबीचका मर्यादाहरु नांगिनेछन्। त्यसो त केही महान् मान्छेहरुले अपवित्र शब्द प्रयोग गरेर हाम्रा पर्खालहरु धेरैपल्ट भत्काइ नै सके। तर पनि खुम्चिने क्रम जारी छ मेरो। चाहनालाई भाँचेर बाँच्नुको पीडावोध घरज्वाइँ हुनेहरुलाई बढी हुन्छ सायद ! म त बाध्यताले भइहालेँ। तपाईँ चैँ घरज्वाइँ नहुनुहोला। जय होस् !

‘ए, नारान्!’

तर, यी उडन्ते शब्दार्थसँग मेरो पटक्कै सहमती छैन। किनभने ‘NRNA’ को बिधान अनुसार, ’’NRN’’ भनेको Non Residential Nepali हो जो नेपाल बाहिर रहेर पनि ‘नेपाल र नेपाली’कै हितमा सोचि रहेको हुन्छ। र उ, कम्तिमा १८३ दिन नेपाल बाहिर बसेको हुनुपर्छ। यस बिधानलाई आधार मान्ने हो भने ‘एनआरएन’को प्राचिन इतिहासलाई पनि बिश्लेषण गर्नु जरुरी छ।

-मनोज गजुरेल

साभार:-  Mysansar, October 21st, 2011

‘NRN’ आज ‘सुपरहिट’ अर्थात् ‘अत्यन्तै तातो’ शब्द बन्न पुगेको छ। तर यसलाई भिन्न भिन्न अर्थमा लिइने गरिन्छ। कोही भन्छन्– ‘NRN’ भनेको Non Returning Nepali’ हो– जो बिदेशको ‘बर्गर’मा रमाउँछ, तर स्वदेशमा पनि ‘लड्डु’को अपेक्षा राख्दछ! कोही भन्छन्– No Reading Nepali’ नै ‘NRN’ हो– जो बिदेश जानासाथ नेपाली ‘बिर्सिएको’ अभिनय गर्दछन्! केहीलाई लाग्दो हो– Now, Rocking Nepal को ‘छोटकरी’ रुप ’’NRN’’ हो। र केहीलाई लाग्दो हो, ‘NRN’ को ‘लामकरी’ रुप Now, Returning Nepal हो!

तर, यी उडन्ते शब्दार्थसँग मेरो पटक्कै सहमती छैन। किनभने ‘NRNA’ को बिधान अनुसार, ’’NRN’’ भनेको Non Residential Nepali हो जो नेपाल बाहिर रहेर पनि ‘नेपाल र नेपाली’कै हितमा सोचि रहेको हुन्छ। र उ, कम्तिमा १८३ दिन नेपाल बाहिर बसेको हुनुपर्छ। यस बिधानलाई आधार मान्ने हो भने ‘एनआरएन’को प्राचिन इतिहासलाई पनि बिश्लेषण गर्नु जरुरी छ।

तपाईं अनुमान लगाउन सक्नुहुन्छ, एनआरएन अभियानको शुरुवात कहिले भयो? ऐतिहासिक रुपमा जनकपुत्री ‘सीताजी’लाई प्रथम महिला ‘NRN’ मान्न सकिन्छ। पहिलो पटक जनकपुरबाट भारत हुँदै श्रीलंका पुगेकी उनी थुप्रै महिना त्यहाँ बसिन्। कैदी भएर नै सही, १८३ दिनभन्दा बढि बिदेश बसोबास गर्ने उनलाई पहिलो ‘एनआरएन शहीद’ पनि मान्न सकिन्छ। किनकी, लंकाको शंकाकै आधारमा उनलाई ‘अग्नी परिक्षा’को नाममा ‘आत्महत्या’ गर्न बाध्य पारिएको थियो।

त्यसैगरी, कलाकार ‘अरनिको’ प्रथम ‘पुरुष एनआरएन’ हुन्। ‘कलाकारिता’ देखाउन भनेर चाइना गएका उनि, कहिल्यै नेपाल फर्किएनन्। यस अर्थमा अरनिको Never Returning Nepali हुन्, जसलाई हामी राष्ट्रको ‘विभुती’को रुपमा सम्मान गर्दछौं। चिनमा स्थायी बसोबास गर्न पुगेका अरनिको ‘राष्टि्रय बिभुती’ भएझैं बिभिन्न देशको ‘सिटिजनसीप’ लिएका थुप्रै नेपाली कलाकारलाई ‘अन्तराष्टि्य बिभूती’ घोषणा पनि गर्न सकिन्छ– यो मेरो नितान्त ब्यक्तिगत धारणा हो।

त्यसो त महात्मा गौतमबुद्धलाई पनि ‘मानार्थ एनआरएन’ मान्न सकिन्छ। नेपालमा जन्मिएर भारतहुँदै वर्मा, मलेसिया, सिंगापुर, थाइल्याण्ड लगायत थुप्रै देशहरुमा समय बिताएकाले– उहाँमा एनआरएनको ‘ब्राण्ड एम्बेसडर’ बन्ने योग्यता पनि छ। तर, महात्मा बुद्धले यो प्रश्ताबलाई स्वीकार गर्ने संभावना ज्यादै न्यून छ, किनभने ‘नागरिकता’भन्दा माथी उठेर ‘मानवता’को प्रचार गर्ने महात्मालाई ‘डबल नागरिकता’को नारा स्वीकार गर्न निकै अप्ठ्यारो पर्दछ।

भृकुटी, सीता, अरनिकोजस्ता थुप्रै ‘प्राचिन एनआरएन’हरुलाई राष्ट्र्ले सम्मान गरको छ, गर्नै पर्छ। तर, केही कुराको बिश्लेषण हुनु जरुरी छ। राष्ट्र्कवि माधव प्रसाद घिमिरेज्यूको शब्दमा ‘सीताले सारा भिजाईन, दक्षिण लंका भारत।’ उनले लंका, भारत भिजाएर हाम्रो देशको नामलाई ‘शितलता’ त दिइन् तर ‘राष्ट्र् बिकास’मा ‘उर्जा थप्ने काम कहाँ भयो? ‘भृकुटी तारा उदाइन् र उत्तर चीन तिब्बत।’ चिन र तिब्बतमा भृकुटीले माइतीको ‘नाम’ त चम्काईन्’ तर माइतीको ‘घर’ रङ्ग्याउन कहाँ पहल गरिन्? ‘बुद्धले यहीं पाएथे, ज्ञानको पहिलो मुहान।’ कुरा एकदम सही हो, तर त्यतिबेलाका सत्ताधारीले त्यो ‘बुद्धत्व’लाई स्वदेशमा टिक्न दिएनन्, बाध्य भएर बुद्धले बिदेश पलायन हुनु पर्यो!

यस ऐतिहासिकताका आधारमा, नेपालको नाम चम्काउन ‘एनआरएन’हरुको ठूलो योगदान छ। तर, ‘एनआरएन’हरुलाई ‘ए,नारान!’ मान्दै धुपबात्ती बाल्नु जरुरी छैन, किनभने उनीहरु गैर आवासीय भए पनि ‘नेपाली’ नै हुन्, ‘नारायण भगवान’ हैनन्। ‘नेपाली’ले नेपालको लागि केही गरेछन् भने ‘एनआरएन जिन्दाबाद’ भनौंला, गरेनछन् भने ‘गफै त रहेछ सम्धी’ भन्ने बुझौंला!

बुझ्नै पर्ने कुरो के हो भने, ‘कुरा’ले देशको ‘नाम’ चम्किएला, देशको ‘मुहार’ उज्यालो हुन सक्दैन। मुहार चम्काउन ‘काम’तिर लम्किनु पर्दछ। काम गर्ने भनेको त्यसैले हो– जो जहाँ बसे पनि मन र मष्तिष्कमा ‘नेपाल’ बोकिरहेको हुन्छ।

मागी मागी छोराऽऽऽ बे

अर्को कुरा, मोटराँ हाल्नी प्याट्रोल नि त्यस्तै त हो। तर प्याट्रोल नि हामीकाँ बन्दैन। प्याट्रोल जस्तै पानी त छ नि। दिनरात त्यो प्याट्रोलरुपी पानी कुद्या कुदै छ। तर माल पा’र चाल पा’ पो हाम्रा नेताहरुले। लौ है, कुरा भाँडिन थाल्यो। सँविधान बनाउन भाँडिया जस्तो। जे होस् नेता देखि जनता सबैलाई करोडपर्ने मोटर नेपालको थोत्रो र आन्द्राजस्तो मसिनो रोडमा कुदाउनु पर्या छ। त्योपनि बेला बेलाँ प्याट्रोल नपाएर कन्त विजोग। त्यसो त करोड पर्नेमात्र किन हुन्थ्यो र, सलाईको बट्टा जस्तो दुईचार लाखाँ पाउने नि गाडी छन् केरे। जसले करोड बेहोर्न सक्दैनन् तिनले सलाई किन्छन्। तर तिनलाईपनि प्याट्रोल ….. …. ….. ….. ….. गँडतन्त्र इस्मारक बनाउने रे किर्तिपुराँ। अनि त्यो बनाउन चैँ एक अरब एक्काईस करोड चाहिने रे। तर त्यो पैसा काँबाट आउँछ होला भन्ने हाम्लाई लाई राख्या छ। जे गर्न नि विदेशीको मुखाँ हेर्नुपर्ने हाम्ले यत्रो रकम यस्तो सुइरो झैँ खामो बनाउनलाई खर्च गर्ने रे। व्हाँ गाउँघराँ, पहाडाँ पुल नभेर तुर्लुँगमा तुर्लुँ….

 साभार:- Mysansar, May 1st, 2012

-बासु श्रेष्ठ-

शीर्षक पढेर तपाईले के अर्थ्याउनु भो कुन्नी मैले चैँ ‘नसक्नेले बेमतलबको स्वाँग रचेर ढ्वाँग फुक्नु हो’ भन्ने अर्थ्याएको छु। अर्थात हातमा पैसा न कौडी, बजारतिर दौडी। माथीको शिर्षकलेपनि त्यै भन्छ। मागी मागी छोरा बे किन गर्नुपर्यो होला कसैलाई ? बुआरी खुसुक्क भित्र्याए त भैगो नि। ढ्वाँग फुकेरै भित्र्याउनु पर्छ र ? त्यसकोलागी दाम दुमडी नचाहिने भे त हो त नि। दाम दुमडी नि चाहिने, अनि त्यो चैँ छैन तर रहर चैँ पुरा गर्नुपर्ने रे। अनि त्यो पनि मागी मागी। अनि फेरी त्योपनि आफ्नो बे हो र ? छोराको बे। यसैले मैले भनेको हुँ ‘स्वाँग रचेर ढ्वाँग फुक्नु।’

हुन त हामी नेपालीहरु छोराको बेकोलागीमात्र काँ स्वाँग पार्छौं र ? दिव्य दृष्टिले हेर्नुभयो भने उत्तर देखि दख्खिन, पूर्वदेखि पश्चिम नेपालका हामी मनुवाहरुलाई यस्तै यस्तै रहर लागेको हुन्छ। सरकारमा बस्ने हुन् कि सडकमा बस्ने हुन्, महलमा बस्ने हुन् कि सार्वजनिक हलमा बस्ने हुन् सबैले यस्तै काँचो रहर पालेका छन्।

नपत्याए अहिले ग्यासकै कुरा गरौँ। यो ग्यास भन्ने जिनिस न हामीकाँ बन्छ, न पाईन्छ। तर सोख गर्ने नामाँ हाम्ले ग्यास चुलो जहाजाँ हालेर विदेशबाट शान दे’र मगाउँछौँ, अनि ग्यास चैँ काधाँ बोकेर भित्र्याउँछौँ। यतिन्जेल त ठिकै छ रे लौ। तर जुन दिन ‘साहुकाँ ग्यास सिद्ध्यो’ भन्ने हल्ला चल्छ त्याँदेखि सबैको कन्त विजोग भा’को मैले देख्या छुँ। रित्तो ग्यासको सिलिण्डर बोकेर यो पसल, त्यो पसल गर्दा कम्ता गारो हुन्न। बल्ल बल्ल पाइहालेपनि राउ जस्तो साउले भन्या दराँ लिनुपर्ने हुन्छ। नलेर के गर्ने, भोकै बस्नु भे’न, तर खल्तीको क्यास चैँ महँगो ग्यासको नाममा झ्याम। अब, यै ग्यास हाम्रै नेपालाँ ठ्वास्स पाईदे’को भे’ कति सजिलो हुन्थ्यो। आफ्नो माल, आफ्नै चाल हुन्थ्यो। आफ्नै मादल, आफ्नै ताल हुन्थ्यो। अनि राष्ट्रको क्यास भनौँ तपाई हाम्रो क्यास अहिल्या̕ ठिटाहरु विदेशीएका झैँ विदेशीने त थिएन। याँ त मागी मागी छोरा बे। तर तपाई भन्नु होला नि ‘ति ठिटा त एकदिन फर्किहाल्छन् नि।’ तर म के भन्छु भने ‘तिनमा भ’को करेण्ट अ‍ैले देशमा चलाउन पा’ पो काम लाग्छ त। ति आउने बेलाँ चाउरेर आउँछन्। हात पाखुराका मासु झोल्लिइ सक्या हुन्छ। त्यतिखेर के काम। रिटायर्ड लाईफ पो विताउँछन् त।’ त्यसकारण तिनमा भ’को करेण्ट र ग्यासमा हालेको पैसा अहिले बाहिर गयो गयो, मरे नि फर्कन्न। अनि भेन मागी मागी छोरा बे ?

अर्को कुरा, मोटराँ हाल्नी प्याट्रोल नि त्यस्तै त हो। तर प्याट्रोल नि हामीकाँ बन्दैन। प्याट्रोल जस्तै पानी त छ नि। दिनरात त्यो प्याट्रोलरुपी पानी कुद्या कुदै छ। तर माल पा’र चाल पा’ पो हाम्रा नेताहरुले। लौ है, कुरा भाँडिन थाल्यो। सँविधान बनाउन भाँडिया जस्तो। जे होस् नेता देखि जनता सबैलाई करोडपर्ने मोटर नेपालको थोत्रो र आन्द्राजस्तो मसिनो रोडमा कुदाउनु पर्या छ। त्योपनि बेला बेलाँ प्याट्रोल नपाएर कन्त विजोग। त्यसो त करोड पर्नेमात्र किन हुन्थ्यो र, सलाईको बट्टा जस्तो दुईचार लाखाँ पाउने नि गाडी छन् केरे। जसले करोड बेहोर्न सक्दैनन् तिनले सलाई किन्छन्। तर तिनलाईपनि प्याट्रोल नभै हुन्न। सदा सर्वदा, बाह्रै महिना, बाह्रै काल गण्डकि कोशी बग्या झै प्याट्रोल नि सललल बगे पो सलाई चढे नि जिप चढे नि मज्जा आउँथ्यो। तर ह्याँ पनि मागी मागी छोरा बे। जुनदिन प्याट्रोल भन्ने अमृत सकेको खबर चल्छ, अनि ति प्याट्रोल वाहनलाई चढेर, घचेटेर, घिसारेर विरामीलाई वैद्य वाकाँ लग्या जस्तो अमृत ख्वाउन लैजानु पर्छ। अनि लामको लामो लर्को देखिन्छ। यसमा अर्को थरी पनि मिसिएको हुन्छ भटभटे। यो भट्भटे नभा त घरै छैन। जसरी अहिले नेपालाँ कुनै पनि परिवारमा विदेश नजाने घरै छैन त्यसै गरि धेरैले घराँ भटभटे पाल्या हुन्छन्। जे भे नि यि सब मोटरकार, भटभटेका रहर हुने हाम्लाई प्याट्रोलको चटारोले जतिसुकै पेलेपनि हाम्ले यो रहर छोडेका छैनौ। अनि भेन मागी मागी छोरा’ बे ? पितिक्क बिरालोको मूत झैँ अलिकति प्याट्रोल जर्किनमा हालेर घर आउँदा उसले नाक घिरौँला भन्दा नि ठुलो बनाएको हुन्छ मानौँ उ सँसारलाई पछारेर आ’को छ। एकछिन अघिसम्म लाईनमा कतिचोटि पछारियो त्यसको चैँ बाल मतलब छैन।

त्यसो त ग्यासकोमात्रै के कुरा गरम् र। अब हाम्रा बाउरामले गँडतन्त्र इस्मारक बनाउने रे किर्तिपुराँ। अनि त्यो बनाउन चैँ एक अरब एक्काईस करोड चाहिने रे। तर त्यो पैसा काँबाट आउँछ होला भन्ने हाम्लाई लाई राख्या छ। जे गर्न नि विदेशीको मुखाँ हेर्नुपर्ने हाम्ले यत्रो रकम यस्तो सुइरो झैँ खामो बनाउनलाई खर्च गर्ने रे। व्हाँ गाउँघराँ, पहाडाँ पुल नभेर तुर्लुँगमा तुर्लुँ….ग झुण्डेर मान्छेहरु आउजाउ गरिराख्या छन्। त्यै पैसाले त्याँ पुल बनाई दे कति जाति हुन्थ्यो। नभे, कति स्कूले बच्चाहरु नाममात्रको स्कूलाँ बाहिर चौराँ बसेर पढ्नु परिराख्या छ, तिनलाई त्यै चैने स्कूल बनाई दे’ हुन्थ्यो। तर मागी मागी छोरा बे गर्ने हाम्रो बानी भा’कोले त्यतातिर के बुद्धि जान्थ्यो र ? उसमाथी यै स्तम्भ रत्नपार्काँ राख्ने भनेर माकुनेले उद्घाटन गर्दा ‘पेरीसको आईफल टावर जस्तै बनाउ है’ भनेर आदेश दि बक्स‘थ्यो रे। म त्याँ भैद्या भे ‘ईस् खा.. पैसा नि पेरीसबाट आउँछ कि’ भनेर सोध्ने थेँ। फेरी घरमा खानलाई जाईफल छैन आईफलको नक्कल गर्नुपर्ने। अनि त भनेको नि मागी मागी छोरा बे।

यै बेलाँ मैले प्रपुले सगरमाथा चढ्ने भनेर हिन्या खबर पनि सुनेँ। बाउरामबाट दुई करोड फुत्काई सक्या ‘थ्यो। बाउरामलाई नि के ‘थ्यो र? आफ्नो जाने होइन। यामीको जाने होईन। दिएछन् ख्वात्तै ‘लाउ, बाउ लाउ’ भन्दै। नदिए बाउको बाउबाट खप्की सुन्नु पर्ने ‘थ्यो क्यारे। के गर्नु, तपाई हामीले कर बलले तिरेको करको पैसा उसले रहरै रहरमा झण्डै उडाई देको थियो। त्यो त धन्न नेपालीको एकले अर्काको खुट्टा तान्ने बानी भ’को भे’र सब चिच्याएर, कराएर पैसा फिर्ता दिनुपर्यो विचराले। सर्वहारा वर्गकोलागी जिउ ज्यान फालेर लागेका बाउको त्यस्तो छोराको चाला देखेर मन उदेकमात्र होईन झण्डै हुलुक्क नि भाथ्यो मेरो। सरकारसँग लेर, बरु उल्टो सरकारलाई राजस्व नै नतिरी सगरमाथा चढ्न हिँडेका प्रपुको पारापनि मागी मागी छोरा बे भन्या झैँ भाथ्यो। बरु त्यै पैसाले सर्वहारा वर्गलाई यसो बाँड्या भे कति आशिक लाग्ने थ्यो नाई। तर के गर्नु र, बुद्धिमा बिर्को लागेपछि मागी मागी भे नि सगरमाथा चढनै पर्ने। आखिराँ नाकाँ ठोसो बोकेर फर्केछन्। भको नाक नि सिद्ध्याएर। हुन त नाकै भन्न लायकको नाक त काँ थ्यो र ? हेर्दा फुलौरा टाँस्या जस्तो।

तपाईपनि मागी मागी छोरा बे कत्तिको गर्नुहुन्छ कोनी। गर्ने भे आफ्नो बे गर्नु मागी मागी, चाहिए म नि हाल्दिउँला यसो तपाईको ट्वाकाँ ट्याँगर्याँग एक दुई सिक्का खसालेर। तर मागी मागी छोरा बे चैँ कत्ति नगर्नुस है। सुहाउँदैन के, पटक्कै सुहाउँदैन।

अनलाइन लभ

साभार:- mysansar, February 4th, 2012

-जनकराज भट्ट

– “कसको हो ?”

“कहाँबाट आयो ?”

“कोसँग डेटिङ थियो ?”

एकाबिहानै कोटको देब्रेपट्टी बाहुलामा लामो केश भेटिएपछि चिच्याउँदै थिइन् उनकी श्रीमती। त्यसै पनि बिहानैदेखि उनको मूड खराब थियो। चार दिन लाइन बसेर पनि ग्याँस नपाएको झर्कोलाई यो केशले झन् जटिल ‘केस’ बनाइदिएको थियो। पहिले त उसले हाँसेरै उडाउन खोज्यो। त्यसपछि रिसाएर पन्छाउने कोशिश गर्‍यो। तर अहँ, सम्झाउन सकेन। काठमान्डुमा माइक्रो नामको डब्बा चढेर हिंड्नेको जिउमा अर्काको ‘बिग’ नै झरेर अड्के त थाहा हुन्न, कपाल कहाँबाट आयो भन्नु अब। दुई चार दिनलाई निहुँ खोज्ने मेलो पुग्यो, उसले सोच्यो।

आज घरमा भात खान नपाउने छाँट देखियो। यसैगरी साना झगडाले कति जागिरेहरु भात नचेपी अफिस जाँदा हुन्, भोकै गए नि के फरक पर्छ र, टन्न हुने गरी हाकिमको उपदेश र गाली त फ्रीमा खान पाइहालिन्छ नि। ऊ निरुत्तर फुत्त घरबाट बाहिर निस्क्यो अफिस जान र माइक्रोबस चढ्ने ठाउँमा उभियो अल्छि मानेर आङ तन्काउँदै। बिहानको घाम लागेर मौसम न्यानो थियो। दुई वटा माइक्रो आइसक्यो, चढ्न सकिने होइन। काठमान्डुमा गुड्ने यी स्याना कदका मोटर साह्रै लचकदार हुन्छन्, जति पनि मान्छे अटाउने। तेस्रो माइक्रोमा ऊ बल्जफ्ती झुन्डियो र ढोकानिर ढाड कुप्र्याएर उभियो।

“ओ दाइ, खुट्टा सिधा गर्नु त!” खलासी चिच्यायो। यो खलासी भन्ने जिनिस यस्तै हुन्छ, ढाड बाङ्गिएको देख्दैन, खुट्टा सिधा देख्छ। बनाउने कम्पनीले पनि नसोचेको संख्यामा मान्छे कोचेर माइक्रो घस्रिन थाल्यो। अलिक अगाडि गएपछि एक जना मान्छे झर्‍यो। अब बल्ल एक छिन कुप्रिएको ढाड सिधा पार्दा ठीक्क भैगो। अनि दाँयापट्टी हेर्न भ्यायो। बिहान बिहानै बडी स्प्रे हर्र बास्ना आयो। बिहानै के सारो नक्कल पार्न सकेका, उसले हेर्दै नहेरी सोच्यो।

“ए, तिमी पो!?!? ला सरप्राइज प्लान गरेथेँ मैले!” ऊ छक्क पर्‍यो, सबैभन्दा ठूलो सरप्राइज त उसले उनलाई चिनेकै छैन, त्यसमाथि पनि के सरप्राइज भन्छिन् यिनी।

“के सरप्राइज र?” उसका मुखबाट बल्जफ्ती निस्के।

“म हिजै मात्र काठमान्डु ल्यान्ड गरेको, भर्जिनियाबाट। तिम्लाई च्याटमा नभनी आएर सरप्राइज दिम् भनेको, तिम्ले देखिहाल्यौ। मलाई देख्दा पनि तिमी चाँही कस्तो कोल्ड के? खुसी छैनौँ है ?!?”

ए हत्ते, अब चिन्दै नचिनेको मान्छेसँग हट कसरी हुनु त ए कोल्ड नभएर। ह्या, तपाईंलाई म चिन्दिन भन्देर बाटो लागुँ जस्तो लागेको थ्यो उसलाई। तर भनेन, चिनेको साथी पो हो कि भनेर। अम्रिका गएसि मान्छे फेरिन्छ, न सानोमा स्कूलकलेजतिर सँगै पढ्ने कुनै रुन्ची भुन्टी हो कि। हेरुम् न के भन्दिरैछे, मुड फ्रेस गरुम् अफिस पुग्नुअघि- उसले सोच्यो।

“अनि भनेर आउनु पर्थ्यो नि त, म एअरपोर्ट लिन आउँथे नि” उसले सहज हुने प्रयास गर्‍यो।

“ठीकै छ, फ्लाइट लेट थ्यो, त्यही भएर! सुनाऊ न। तिमी अझै पनि नचिनेको मान्छेजस्तो पो बोल्छौ त। म चाँही तिमी भनेर वहाँदेखि आएँ, के भो क्या ? खुशी छैनौ तिमी ? कम अन, गिभ मि अ हग स्विट्स!”

ए आपत, उस्लाई फसाद पर्‍यो। गाडीमा वरीपरी बस्नेहरु ट्वाल्ल परेर उसलाई हेरिरहेका थिए। न गाडीमा सबैको अगाडि “हग” भनेर अर्काकी गर्लफ्रेन्डलाई अङ्गालो हाल्नु, कोही चिनेकाले घरमा खबर पुर्‍याइदियो भने त बिहान भातमात्रै भेटिएको थिएन, साँझ त बासै पाइन्न। उसले सोच्दै थियो, ऊ फेरि चिच्याई।

“आरन्ट यु कम्फर्टेबल विथ मी, टेल मि इफ यु ह्याभ सेकेन्ड थट्स!” उसले यसो विचार गर्‍यो, गाडीमा कोही चिनेको मान्छे रैछ भने बिजोग हुन्छ। किनकी यो त चिच्याउन छोड्दिन। उसलाई एक मन त सबै कुरा भनेर “भाँड मे जा” भन्दिम् जस्तो लागेको थ्यो, तैपनि एक्छिन रमिता हेर्ने लालसाले उसले भन्यो “काल्म डाउन, कहाँ यति मान्छेको अगाडि हग गर्नु त अनि? लेट्स गेट अफ एन्ड गेट इन्टु अ रेस्टुरेन्ट, ह्याभ मच् टु टक !” “यु आर बिहेभिङ स्ट्रेन्ज, ओके लेट्स अफ!” उसले भाडा तिर्‍यो, “कार्ड छ” भन्दै। अनि मान्छेहरुलाई पन्छाउँदै उनीहरु गाडीबाट उत्रे। * * * * * * * *

छेवैमा रहेको क्वालिटी रेस्टुरेन्टमा छिर्दा उसले थाहा पायो, केटी मोडर्न ड्रेसमा रैछे, अरुले ट्वाँ परेर हेर्दैथे। केटीले उस्लाई अङ्गालो हाली “आइ मिस्ड यू सो मच्!” भनेर।

उसले धेरै समयपछि परस्त्रीसँग अङ्गालो मारेको, छुट्टै आनन्द अनुभव भयो उसलाई। तर मान्छेहरुले हेरिराखेको देखेर उसले उनलाई छुट्ट्यायो “पिपल आर स्टिएरिङ्ग एट अस” भन्दै।

“यु युज्ड टु बि रोमान्टिक, बट यु ह्याभ टर्न्ड कोल्ड!” उसँग उत्तर थिएन । मेरी जस्ती बूढीको श्रीमान् भाको भए तँ नि कोल्ड हुन्थिस्। उसले मनमनै सोच्यो। “अनि कहाँ ठाउँ न कुठाउ रोमान्टिक हुनु त ?” उस्ले अझै सहज हुने कोशिश गर्‍यो। “अनि मलाई के ल्याइदियौ त ?”

“म आएँ त, अरु के चाहियो?” उनको प्रतिप्रश्नमा लाडेपना थियो । उस्ले सोच्यो, कत्ति न आफूलाई सेलेना गोमेज ठान्छे कि क्या हो ? “त्यो त हो, अनि अरु सुनाऊ न कस्तो चल्दैछ।” उसको मुखबाट फुत्किहाले, ज्या के भनें भन्ठान्दै।

“तिमी किन आज फर्मल भैराछौ क्या ? यु ह्याभेन्ट किस्ड मि टिल नाउ!” ऊ फेरि पहिले कै च्यानलमा फर्की। उस्लाई आपत, नचिनेकीलाई किसै त के गरिहाल्नु। “एम स्टिल स्टन्न्ड बाइ द वे!” उस्ले कुरा अन्तै मोड्ने प्रयास गर्‍यो। उनले एक झोकमा दुईवटा टुबोर्ग बियर, एउटा बफ चिल्ली र मम अर्डर गरिन, घराँ बुढीले स्वस्थानीको ब्रत बस्ने भएर चिकेन पनि खान दिन्न, ह्याँ यल्लाई ब्यानब्यानै बियर र राँगा मासु चाहिने।

“तिमी धेरै सोच्ने भएछौ, केही समस्या छ र?” उनले सोधिन्। उसलाई आपत। समस्यै समस्या छ, तँलाई चिनेको छैन, किचेनमा ग्याँस छैन, बाइकमा पेट्रोल नभएर माइक्रोमा झुन्डेर अफिस जानुपर्छ,घराँ बुढी रिसाएर बम छे, अफिसाँ हाकिमले रातो लगाइसक्यो होला हाजिर कापीमा, यो भन्दा के समस्या हुनु भन्दिम जस्तो लागेको थ्यो उसलाई। उल्ले यत्ति भन्न भ्यायो “तिमी साह्रै राम्री भैछौ।” यी शब्द कहाँबाट निस्के उसलाई पत्तो छैन। राम्री भन्दिम् जस्तो लागेको अलिक बढी नै भनिएछ कि क्या हो ? उस्ले सोच्यो। उसको हावा तिरले काम गर्‍यो। ऊ मुसुक्क मुस्काई।

अर्काकी गर्लफ्रेन्ड भए नि राम्री छे है। उल्ले अप्ठेरो मान्दै बियर तन्कायो। चिसो बियरले घाँटी भिजायो। पेट भोकले रनन थ्यो, आज लाग्ने भो खाली पेटमा उस्ले सोच्यो। बफ चिल्ली आइपुग्यो, उसले टोक्न मात्र आँटेको थ्यो, उनले भनिन्, “अनि भन तिम्री श्रीमतीको खबर के छ नि ?” ऊ झसङ्ग भयो । यल्लाई मेरो श्रीमती छ भन्ने कसरी थाहा भो, लौन जासुस पो हो कि क्या हो श्रीमतिले पठाको, हो रेछ भने आज खत्तम भन्ने सोच्दै उसले भन्यो “ठिकै छे किन र?”

“अस्ति मैले तिमीसँग स्काइपमा कुरा गर्दा मेरा बुढाले डाउट हानेका थे नि त, अनि मैले तिमी म्यारिड हो भन्दें।” उनले बफ चिल्लीको छोक्रा अड्केको दाँत फिस्स देखाइन्, उसलाई बसिनसक्नु भो। ए बाबा, अब यसको बूढो कहाँबाट निस्क्यो फेरि? हे प्रभु बचाउ मलाई, उसले। जुरुक्क उठेर यसले “मै तेरी बच्चेकी माँ बन्ने वाली हुँ” टाइपको डाइलग दियो भने ? यल्ले त के बेर र। लौ खत्तम !

“मैले अनलाइन चिनेकोमध्ये त सबसे हेन्सम तिमी नै लाग्छ के मलाई त। आँखा राम्रा छन तिम्रा।” उनी उता के-के फलाक्दै थिइन्, यता उसका दिमाग तिरिमिरी भए। अफिसाँ फेसबुक ब्लक गर्‍या १ वर्ष भो। घराँ बत्ती आए पो नेट चलाऊनु, मोबाइल घर पुगेसी केटाकेटीले गेम खेलेर दिक्क लाउँछन्। होइन, आँखासमेत हेर्ने गरी कहाँबाट चिनी क्या यल्ले मलाई। फेरि झल्याँस्स भो, ज्या है मै पो अर्काकी गर्लफ्रेन्डसँग आको त गाँठे।

“ए, अनि तिमी एक्लै आको ? तिम्रो श्रीमान् खोइ त ?” उसले अलिक बिषयमा प्रवेश गर्न खोज्यो। “हरे तिमीले बिर्सेको ? ऊ कहाँ मेरो अथोराइज्ड् हस्बेन्ड हो त । हामी त लिभ इनमा हो नि। उता गाको बेलामा ऊ हुन्छ यता तिमी। आइ एम कम्फर्टेबल विथ बोथ अफ यु गाइज। आइ वान्ट टु बि अ फ्री बर्ड।” उता उनले जानेको जति अङ्ग्रेजी बोलेर सकिन्, यता यस्को हंसले ठाउँ छोड्यो। बियरको नशा त गायब। अब कसरी भाग्ने, यल्ले घरमा आउने या फोन गर्ने या पछि लागी भने त मेरी बुढीले पुलिस लाउँछे। उसलाई एउटा जुक्ति फुर्‍यो। “एम गोइङ रेस्टरुम है, प्लिज क्यारी अन” भनेर ऊ निस्क्यो र ट्वाइलेट्को पछाडिपट्टिको भागबाट बरान्डा हुँदै सडकमा हाम्फाल्यो।

बाहिर निस्केर उसले एउटा सूर्य चुरोट सल्कायो र घर जाने निर्णय गर्‍यो। धन्न अनलाइन पुस्ता, धन्न लभ। चिन्नु न जान्नुको मान्छेसँग कम्फर्टेबल, हरे शिव सोच्दै घर आइपुग्यो। बिहान कोटमा रौँ भेट्दा उफ्रिने स्वास्नीले जासुस बनाएर पठाएकी रैछे भने त आज दह्रो भेटिन्छ भन्ठान्दै उस्ले डोरबेल थिच्यो। “अलिक तान्नु न ढोका खुल्लै छ, किन तपाईं चाँडै आउनुभा? सञ्चै त छ?” भन्दै उसकी बुढी निधार छाम्न आइपुगी। “एक्कासी यो खुशी किन नि ? बिहान त मलाई झन्डै खाउँला झै थियो त अनुहार?” उसले सोध्यो। “ग्याँस पाइयो नि त, अब एक महिनालाई आनन्द, एक महिनामा त आउला नि है।” बुढी दङ्ग छे, उसलाई छुट्ट्याउन गाह्रो भो, बुढा घर आएर भन्दा ग्यास पाएर बुढीहरु खुशी हुने जमाना आएछ।

उसले मनमनै सोच्यो, “यस्ता कुलङ्गार देशमा बसेर पनि अझै आसाबादी हुनु पागलपन हो। तँ रिसाएकी छैनस् भन्ने थाहा भाको भए त त्यो बियर सकेर आउँथे नि थुइक्क ।” अनि मुस्कायो। 🙂

[जनकको आफ्नै ब्लग जनक एप्रोचमा पहिलो पटक प्रकाशित]

सम्झौता

साभार:- (रुपरेखा, पूर्णाङ्क २१८, २०३६ असारबाट) 

-विश्वम्भर चन्चल-

एकदिन उनले मलाई भेटेर सुनाइन् “मलाई छोरो पाउने इच्छा छ, तिमी पूरा गराइदिन्छौ ?” अप्रत्याशित उनको यस कुराले म अवाक् भएँ र ट्वाल्ट्वाल्ती उनको अनुहारलाई हेरिरहेँ।

के हेरिरहेको ? उनले अनुहारको हाँसो लुकाउँदै सोधिन्, ममा छोरो पाउने गराइदिन तिमीमा सामर्थ्य छ भने म तिमीसँग सुत्न राजी छु।

उनको यस भनाईमा मेरो पौरुषमाथि एउटा हाँक झल्कन्थ्यो। उनलाई छोरो पाउने गराइदिन मलाई कुनै गाह्रो त थिएन तर उनले मसँग यस्ता कुरा त्यतिको आँट गर्नुमा मेरो मनमा शंका उत्पन्न हुनु पनि स्वाभाविकै नै थियो। मैले सोधेँ, तिमीमा किन यो चाहना भयो ? फेरि……तिम्रो र मेरो बीचमा यस्तो काम हुनु समाजमा के मान्य होला ?

मेरो कुराले उनी झन् हाँसिन्। भनिन्, तिमी काँतर भयौ। समाजको मान्यतालाई आड दिएर आफ्नो काँतरपना लुकाउन खोज्छौ। कि तिम्रो पौरुष पनि मरिसकेको छ ? अथवा तिम्रो वीर्य नै क्षीण बनिसकेको छ ? तिमी आफूलाई नै ममा छोरो पाउने गराइदिने विश्वास छैन भने भैगो तिमी पनि नपुंसक बनिसकेछौ। होइन भने सुत मसँग र मेरो छोराको बाबु बन।

मलाई बाबु बन्नुमा कुनै रहर थिएन। किनभने मेरा आफ्नै बगाल छोराहरु जन्मिसकेका थिए। मेरी स्वास्नीको भर्खरको यौवन पनि बूढ्यौतिमा खुम्चिसकेको थियो। प्रत्येक पल्ट छोरो जन्मँदा स्वास्नी भन्थी, परिवार नियोजन गर्नोस्। म भन्थेँ, हामीलाई एउटा छोरीको खाँचो छ। पख तिमीले एउटी छोरी पाएपछि या तिमीले या त मैले नै नियोजन गरुँला। तर हामी दुई केवल छोराकै प्रयोजनका लागि मात्र भयौँ। हाम्रो बीचमा छोरीको आशाले नियोजन भने कहिल्यै हुन सकेन।

यही कुरा मैले उनलाई सुनाउँदा उनले भनिन्, तिमीलाई जसरी एउटी छोरी पाउने इच्छा छ उसरी नै मलाई एउटा छोरो पाउने इच्छा छ। छोरी, तिमी केवल व्यक्तिगत इच्छास्वरुप पाउने चाहन्छौ, छोरीको बालसुलभ क्रिडाको अनुभव गर्न खोज्छौ। म सामाजिक मान्यता र करले एउटा छोरा पाउन चाहन्छु।

किन, आजको जमानामा छोरी र छोरामा के भिन्नता ? छोरी पनि त छोरा जस्तै शिक्षित, बुद्धिजीवी र ठूला ओहोदामा पुग्न सक्छन् भने तिमीमा किन सामाजिक मान्यता नहुनु ? किन छोरो नै पाउने रहर हुनु ? मैले भनेँ।

यो भाषण नगर तिमी, उनले सहज प्रवृत्तिमा सुनाइन्, हो ! मलाई छोरो पाउने पक्कै रहर छ। यो मेरो आफ्नै रहरले होस् वा कसैको करले होस्। तर मलाई छोरो पाउने गराइदिने सामर्थ्य मेरो लोग्नेमा भएन। त्यसैले तिमीसँग सुत्न चाहन्छु धक मारेर।

उनको यस कुराले मलाई आश्चर्यसाथै हाँसो उठ्यो र भनेँ, त्यतिका छोरीहरु कसले पाइदिने गराइदियो त ? भन त कतिवटी छोरीहरु भए ? कि ती सबै छोरीहरुका बाबु अरु हुन् ?

आफ्नो यस अन्तिम भनाईमा उनी रिसाइन् कि भन्ने डर लाग्यो र झटपट माफी माग्दै थिएँ, उनले सहजभावमै भनिन्, यसमा तिमीले शंका गर्ने ठाउँ छैन। ती सब पाँचै वटी छोरीहरु आफ्नै लोग्नेका हुन्। अरुका भए सायद तीमध्ये कुनै पनि एक दुई वटा छोरा जन्मिने थिए होलान् !

**** ************** *********************

छोरा नजन्माउनुमा तिम्रो लोग्नेको के दोष छ त ? मैले सोधेँ।

छोरा नपाउनुमा मेरो के दोष त ? उल्टो उनले मलाई सोधिन्। उनको यस सोधाईमा मलाई फेरि हाँसो नउठी रहन सकेन। हाँस्दै भनेँ, दोष न तिम्रो हो, न तिम्रो लोग्नेको। यो त संयोगको कुरा हो छोरा वा छोरी हुनुमा। या त हुनसक्छ- भाग्यको पनि खेल हो।

सम्झ दोष न मेरो हो, न मेरो लोग्नेको। हामी दुवै ठीक छौँ- बच्चा जन्माउन। नत्र यी पाँच पाँचवटी छोरी कसरी जन्मिन्थे ! उनले सुनाइन्, र म समाजका लागि बाँझी भएँ। घरमा अरु परिवारका लागि मैले सन्तानको बाटो मेटिदिएँ। माइतीका लागि उपेक्षित भएँ।
किनभने मैले छोरो जन्माउन सकिनँ। त्यसकारण यी सबबाट मान्य हुन मैले एउटा छोरा जन्माउनै पर्छ। एउटा बलियो वीर्य मैले ग्रहण गर्नैपर्छ।

मैले भनेँ, यसमा सम्झ- म राजी भएँ र यो पनि सम्झ तिमीले छोरो नै जन्मायौ। तर के……मबाट जन्मिएको छोराले तिमीलाई शान्ति मिल्ला ? फेरि….तिम्रो घर या समाजले यो कुरा थाहा पायो भने…………………..?

त्यसमा तिमी फिक्री नगर। तिम्रा यी सब तर्कहरु पूर्वाग्रही हुन्। मेरो घर, समाज, लोग्ने सब पूर्वाग्रही हुन्। होइन भने म यसरी सबैबाट परित्यक्ता हुने थिइनँ। मेरो खुद लोग्ने जो एक शिक्षित र समाजमा प्रतिष्ठित व्यक्ति छ, उसले पनि यो कुरा कर्मको खेल हो वा स‍ंयोग हो भनी भनेन र ममाथि सँधै अवहेलनाको दृष्टिले व्यवहार गर्‍यो। त्यो ममा अब सह्य हुन सकेन। सुन्दछु- ऊ अब अरु कोहीसँग लागिरहेको छ रे। उसले त आफूलाई नै दोष दिनुपर्थ्यो जसले एउटा बलियो वीर्य ममाथि खसाल्न सकेन। म त केवल एउटा थैली हुँ। उसको सामर्थ्यले मभित्र जे हालिदिन्छ त्यसलाई मैले बोक्नु नै पर्छ।

मैले हाँसोमा कुरा थपेँ, यदि मबाट पनि छोरी नै जन्मिई भने के गर्छ्यौ ?

तिमीलाई छोरीको रहर छ, होइन र ? तत्कालै उनले कुरा काटिन्।

यसपालि म चुप लागेँ। हामीमा सम्झौता भयो- छोरो उनलाई, छोरी मलाई।

बिदा

साभार:- mysansar, on January 7th, 2012

-सुधीर ख्वबि-

आज शनिबार,अफिस बिदा। घर जाने हतारोमा चिया नै नपिई ऊ डेराबाट निस्क्यो। दायाँ बायाँ कतै न हेरिकन सरासर बसपार्कतिर लाग्यो। उसको मन मष्तिष्क घरको सम्झनाले निथ्रुक्क हुँदै आइरहेको छ।

कहिलेकाहीं उसलाई सहरको डेराको जीवनदेखि वाक्कदिक्क नलागेको पनि होइन। तर के गर्ने गाउँमा भएको खेतीपातीले वर्ष दिनको भोकलाई माथ गर्न पर्याप्त छैन । फेरि लुगाफाटो नून तेलको जोहो पनि त मुख बाएर बसेको नै हुन्छ। पिउनको जागिर। जेनतेन धाउनु त पर्यो नै।

गाउँमा हुन त तीन ज्यान मात्रै छन्। बा, आमा र छ महिना अघि मात्रै बिहे गरेको श्रीमती मात्रै। दाई भिन्नै बसेको बर्षौं बिती सक्यो। भिन्नै बसेपछि बाउ , आमालाई हेर्नै नपर्ने चलन। अंश न पाउन्जेल बाउको खुशामद गर्यो। पाएपछि , नाक मुख नदेखेको बर्षौं बित्यो। अधिकार मात्र खोज्छ , कर्तव्यलाई स्वास्नीको फरियामा पोको पार्छन्। आफ्नो बाउ आमा हो। उसलाई त माया लाग्छ। कुनै बेला मन अमिलो हुने कुरा मात्र हो यो , उसको।

उसो त बिहे गरेको लगत्तै श्रीमतीलाई पनि काठमाडौँ ल्याउन न चाहेको कहाँ हो र! तर बल्ल कर गरि गरि छोरालाई मनाएर भित्राएकी बुहारीलाई घरधन्दामा न लगाईकन छोराको पछी पछी लगाई पठाउन कुन सासुले सक्लिन र उसले पनि मुखै फोरेर पनि भन्न सकेन आफ्ना बा आमालाई।

हुन त काठमाडौँबाट तीन घन्टाको मोटर बाटो, एक घन्टाको पैदल बाटो मात्र हो। घरमा पुग्न बढी से बढी लाग्ने समय भनेको पाँच घण्टा मात्र हो । शनिबार बिहान सखारै हिड्यो भने बिदा मनाई वनाई, आईतबार घरबाट चारै बजे हिड्यो भने दस बजे भित्र जसरि पनि अफिश पुगिहाल्छ। उसको समयको तालमेल मिलेको पनि छ अहिले सम्म त। बिहे गरेको शुरु शुरुमा ऊ हप्तैपिछे घर न पुगेको पनि काहाँ हो र एक दुइ महिना सम्म। बाउले t उसलाई केहि भनेन तर आमा कराउन थालीन्। छोरो यसरि घर आउन थालेकोमा।। त्यसैले यहि कुरामा रिसाएर ऊ घर न गएको पनि महिना दिन नाघिसकेको थियो तर आज ऊ मनले बाँधिएर , खुट्टाले डोर्याएर उसलाई उसको गाउँ तिर लगिरहेको छ।

बस आफ्नो तालमा गुद्दैछ। बसको गति भन्दा उसको मनको गति अत्यन्त तिब्र छ। तर लोकल बस न हो गन्तव्यमा पुग्न जति ढीला भो उति ड्राईभर र खलासीलाई उति फाईदा। बाटोमा हिंड्ने बटुवाले जहाँ हात उठायो त्यहीं बस घ्याच्च रोकिन्थ्यो। बसमा बस्ने त के उभिने ठाउँ सम्म पनि मुस्किल थियो तर ऊ बाध्य थियो उसलाई बस संगै यात्रा गर्नु थियो। बसलाई, ड्राईभरलाई उसको हतारो सित केहि मतलब थिएन जब जब बस रुक्थे उसलाई सिटमा बसी नसक्नु हुन्थे जुरुक्क उठेर निस्कुँ जस्तो लाग्थे। बरु हिंडेरै छिटो घर पुगिन्छ कि जस्तो पनि लाग्थे ।

अरु बेला तीन घण्टामा आईपुग्ने, आज बल्ल चार घन्टामा उसको बस बिसौनी आईपुगे। ऊ हतारिंदै बसबाट ओर्ले र आफ्नो गाउँको बाटोको उकालोतिर लम्के। उसका पाईला त्यो गोरेटोमा हिंडेको भन्दा पनि उडेको जस्तो भान हुन्थे। ऊ सासै न फेरिकन एक तमासले हिंडेको हिंडे गर्यो।

करिब आधा आधि घण्टा पछी पीपलको चौतारी निर पुगेपछि उसले पर सम्म आँखा डोर्यायो। यहाँबाट अलि टाढा उसको घर देखिन्थ्यो र उसलाई अलिकति राहत मिल्थ्यो तर ऊ कहिले पनि थकाइ मार्न चौतारीमा बस्दैनथे। ऊ झन् घर पुग्न हतारिंथे . आज पनि ऊ थकाइ मार्न बसेन। उसका पाईला झन छिटो छिटो बाटो नाप्न थाले।

ऊ घर पुग्यो। रुखको हाँगाले बन्द गरिराखेको आँगनको प्रवेशद्वार खोल्दै भित्र छिर्यो। पिढीमा बसिरहेको बाउलाई ढोगे र यता उति नजर डुलाउँदै सोधे – ‘आमा खोइ त ? ‘ – जवाफमा बाउ चाहिंले त्यहिँबाट आवाज लगाए ‘ए बले कि आमा तेरो छोरा आ’को छ , बाहिर आ’ त .”

ऊ एक छिन सुस्ताउन पिढी मै थचक्क बसे . एकछिन पछी हातमा आम्खोरा लिएर आमा देखा परी .

‘धेरै दिन पछी आयौ नि छोरा, ल पहिला हात गोडा धो, आराम गर अनि खाना खानु पर्ला .’

तर उसको मन र आँखाले पातलीलाई खोज्न थाल्यो। अरु बेला त ऊ आएको थाहा पाउना साथ ढोकाको खापामा जिउ आधि लुकाएर चियाउन आइपुग्थी र उसलाई हेरेर लाजले अनुहार रातो पारेर भाग्थी, तर आज किन देखा परिनन् !

उसले पुलुक्क आफ्नो बा आमाको अनुहार हेरे, र सोधे-’ पातली त देख्दिन नि म , कता गईन , घाँसपातको लागि गा’की छिन कि ?’

उसको प्रश्नमा आमा चाहिं ले लामो सास फेरिन। उसको छाती नराम्रो आशंकाले धक्क फुल्यो . अनुहारको रंग फुरुंग उड्यो .

‘कहाँ घाँसपातको लागि जानु नि। मेरो यो बुढी हड्डीले बुहारी पाएर पनि सुख पाएन . के गर्नु , मेरो त कर्म नै यस्तो .’

अब त उसको हृदयको स्पन्दनले तिब्र गति लिन थाल्यो। लगभग चिच्याएको आवाजमा सोधे -’के भो आमा पातलीलाई ?’

– ‘के हुनु नि त्यसलाई। थला परेकी छे। स्वास्थ्य चौकीमा हिजो लगेर देखाको कम्पाउन्दरले टाईफाईड हो कि के हो भनेको छ। औषधि लिएर आ’की छुँ। जरो त हनहन्ति नै छ बिचरीको। ,तँलाई खबर गरूँ कि जस्तो लाग्या’थ्यो, तँ नै आइपुगिस् , ठिकै भो ‘

आमाको कुरा सुन्दा सुन्दै ऊ हत्तारिंदै घरभित्र पसे।

भित्र कोठामा गुन्द्री माथि ओछ्यईएको बिछ्यौनामा जरोले थला परेकी पातली, बले आएको देखेर बिस्तारै उठ्न खोजिन् .

-’भयो भयो न उठ तिमी आराम गर। ‘

भन्नलाई त उसले पातलीलाई आराम गर भन्यो। तर उसको मुखबाट मनको कुरा पनि प्याच्च निस्की हाल्यो -’आज शनिबार, बिदा भनेर घर आ’को के गर्ने <'

– ऊ दिक्क माने जस्तो भयो उसलाई स्वास्नी बिरामी परेको पीर भन्दा पनि उसको बिदा खेर जाने कुराको पीर पर्यो .

आफ्नो लोग्नेको कुरा सुनेर पातलीको मन कुँडियो तर पनि लोग्नेको मन राख्न भनिन् -‘जरो त त्यति साह्रो छैन जस्तो छ औषधि खाएर कम भा’को छ धन्दा न मान्नुस, तपाईं ‘- पातलीको कुरा सुनेर उसको मुहारमा चमक देखा पर्यो ।

बेलुकीको खाना पछी सुत्ने सुरसार गरे। उसले मलाई त निन्द्रा लाग्यो, भोलि बिहान नै फेरी अफिस भ्याउने गरि हिंड्नु पर्छ भन्दै अर्को पट्टि फर्केर सुत्यो। तर ऊ कहाँ सुत्न सक्यो र बस आँखा चिम्लेर सुतेको स्वांग पार्दै पल्टीरहे। रातको बाह्र बज्यो , एक बज्यो। घरि यता पल्ट्यो घरि अर्को पट्टि पल्ट्यो। जसरि कोल्टे परे नि उसको निन्द्राको ठेगान नै भएन।

जरोले थला परेकी पातली आफ्नो लोग्नेको छटपटी , चाहनाबाट अनभिज्ञ थिईनन-‘ किन तपाईंलाई निन्द्रा लागेन जस्तो छ आउनुस वर आउनुस’- पातलीले आफ्नो लोग्नेलाई आमन्त्रण गरिन। ऊ बिस्तारै अघि सरे। उसका हात सल्बलाउन थाले। जिउ भरि बिजुली चम्के जस्तै भयो। उसका हातले पातलीको शरीर स्पर्श गर्न थाले जहाँतहीं। ,अहो ! ऊ त तर्स्यो। कस्तो तातो जरोले हरंत , पसिनाले निथ्रुक्क पातलीको ज्यान। ऊ अन्तरद्वन्दमा फंस्यो। एकछिन मन मनै गुन्यो , जरो त निकै नै छ। अब के गर्ने के नगर्ने, अघि बढ्ने कि न बढ्ने। केहि बेर ऊ शून्य प्राय: स्थितिमा अचल बने। एकछिन पछी फेरि सोचे, भोलि बिहान अफिसको लागि हिंड्नु त जरुरि नै छ। अब फेरी गाउँमा आउने भनेको फेरी कहिले कहिले हुन्छ। उसले सम्झ्यो। बसमा घन्टौंको यात्रा , डेराको एकाकिपन। उसको गला स्याप्प सुक्न थाले। मनको प्यास , तनको भोकले ऊ पूर्ण रूपमा घेरिसकेको थियो . उसको अगाडी यतिबेला बिरामी स्वास्नी नभई, नारी शरीर पसारिएको छ , अनि उसले अघि बढ्ने नै निस्चय गर्यो र अघि बढ्दै गयो।