मेरो धोको

साभार:- अक्षलोक (नेपाली साहित्यिक त्रैमासिक), पूर्णाङ्क-४१, २०६८ (श्रावण-आश्विन), पृष्ठ ४९ [AKSHALOK, Nepali Literary Quarterly, Vol.-41, 2011 July-Sept]

Email: akshalok@gmail.com

P. O. Box No. 2905, Kathmandu

Phone: 4600691, 016216884

विधा:-कविता (Category:- Poem)

मेरो धोको

अरुणबहादुर खत्री “नदी”

सामाखुशी साहित्य समाज

तिम्रो सिउँदोभरि

सिन्दुर हालेर सजाइदिने

मेरो ठूलो धोको छ,

 

यो उदास ह्रदयबाट

अलिकति भएपनि

माया पाउने

मेरो ठूलो रहर छ,

 

औसीका रातमा

खोइ किन हो कुन्नि

जुनकिरी झैं म

घुम्न सकिन

 

मेरो मनको कुरा

तिमीले बुझिदिने

कोसिस गर है

 

बेइमानी नजरको

तीरलेझरेको

लालुपाते फूलजस्तै

खोइ किन हो

तिमी फुल्नै सकिनौ

 

तिमीसित जीवनमा

बाँधिने मेरो

एउटै धोको रहेछ।

गजल (Gajal)

साभार:- अक्षलोक (नेपाली साहित्यिक त्रैमासिक), पूर्णाङ्क-४१, २०६८ (श्रावण-आश्विन), पृष्ठ ३४

[AKSHALOK, Nepali Literary Quarterly, Vol.-41, 2011 July-Sept]

Email: akshalok@gmail.com

P. O. Box No. 2905,

Kathmandu

Phone: 4600691, 016216884

विधा:-गजल (Category:- Gajal)

गजल

लीलाराज दाहाल कर्मैया, सर्लाही

जुठो बटुलेर खाएको हिजो

वेदनाको त्यो गीत गाएको हिजो।

समयको चक्र घुमिरहन्छ भन्छन्

दु:खले बेस्सरी सताएको हिजो।

पुराना अनि ती रङ्ग खुइलिएका तस्बिर

दिलमा सजाएको हिजो।

कसरी गर्छौ यो हल्लाको खण्डन

आफैंले चर्चा चलाएको हिजो।

तिमीले कसरी सजिलै छोडौला

मुश्किलले त्यो पद पाएको हिजो।

बेकसुर भै गयौ, समयको इन्साफ

निहत्थाको गला दबाएको हिजो।

आज तिमी ठूलो र सम्पन्न भा’छौ

अभावको ताली बजाएको हिजो।