१. हिस्स बूढी खिस्स दाँत।
२. ल्हासामा सुन छ कान बुच्चै।
३. चौटा खान गएकी झोलमा डुबेर मरी।
४. अल्छीलाई बल्छी मर्दलाई जाल।
५. अल्छी तिघ्रो स्वादे जिब्रो।
६. टुहुराको पनि दिन फर्कन्छ।
७. अनिकाले मानू बाँडिचूडी खानू।
८. आफ्नै छोरी नखरमाउली तन्नेरीलाई दोष।
९. आफू नमरी स्वर्ग देखिन्न।
१०. काम न धाम पेटभरी माम।
११. आयूको छोरालाई वायूको डर।
१२. उसै त बूहारी मरिच खाएकी।
१३. तिर्खा धाउँछ खोला धाउँदैन।
१४. एउटा थाप्लो दुईटा नाम्लो।
१५. आकाशमा थुके मुखमा छिटा।
१६. उसै त सासू सुन लगाएकी।
१७. पानी खानू मूलको स्वास्नी ल्याउनू कूलको।
१८. खाउनु न पिउनु पुर्पुरोमा चिनु।
१९. दु:खीलाई दिन्छु नभन्नू विधवालाई लान्छु नभन्नु।
२०. गीत गाउनेको सुसेलीबाटै थाहा हुन्छ।
२१. घर नभएको छोरो र सुत्केरी नभएको बुहारी।
२२. घर आए कुकुर बलियो।
२३. चीनको राजा भोटको नून, ज्यानै दिए नि नदेख्ने गुन।
२४. जसको तरबार उसको घरबार।
२५. जहाँ माल उहीं पानी।
२६. जसले बोक्छ भारी खान्छ मेख मारी।
२७. टुहराको पनि दिन फर्कन्छ।
२८. जाँगर न साँगर खाने बेला आँगर।
२९. जुवाको धन गन्दै नगन।
३०. जो होचो उसको मुखमा घोचो।
३१. जो छ खूनी उसैलाई हुनी जो छ दानी बिग्रने बानी।
३२. टाढाको देउता करेसाको भूत।
३३. ताप्के ताते पो हुन्छ, बींड मात्र तातेर हुन्छ।
३४. दशा लागेको बेला नभरेको बन्दुक पनि पड्कन्छ।
३५. दूध दिने गाईको लात्ती सहनु।
३६. वनको बाघले खाए नि नखाए नि मनको बाघले खाने।
३७. बारी न विरुवा नौ मुरी तोरी।
३८. बाहिर बाहिर लोकाचार भित्र भित्र पोका पार।
३९. विसौलीको जिब्रो फड्कार्नु भन्दा धार्नीको टाउको हल्लाउनु बेस।
४०. भाइ फुटे गँवार लुटे।
४१. भोको भन्छ डाँडावारि खाउँ अघाएको भन्छ डाँडापारि खाउँ।
४२. भेटी न सेटी बस मरिमेटी।
४३. मर्ने बेला हरियो काँक्रो।
४४. मह काढ्नेले हात चाट्छ।
४५. माछाको बल पानीसम्म।
४६. मुखमा सरस्वती हुनेको सधैं वृहस्पति आउँछ।
४७. लगनपछिको पोते के काम?
४८. सासूको माया छोरी छउन्जेल बुहारीको माया छोरा छउन्जेल।
४९. शोक न सुर्ता भोक न भकारी।
५०. सुख पाए ससुराली जानू दु:ख पाए मीतकहाँ जानू।
५१. हात्ती उडाउने बतास आयो पिउरी खेल्छस् राँड।
५२. हातमा पुस्तक मनमा दश थोक।
५३. मूर्ख र पैसा छिट्टै सकिन्छ।
५४. अर्काको भर भोकभोकै मर।
५५. कालो बादलले संधै पानी पार्दैन।
५६. पहेंलो सबै सुन हुँदैन।
५७. ऋणदेखि नडराउनू दिनदेखि डराउनू।
५८. माग्नेको धन दशचोटि गन्।
५९. बुढानिलकण्ठ नारानथान सौता सौता हानाहान।
६०. खोलावारि खोलापारि ढुंगा हानाहान
एउटा पोइको दुइटा स्वास्नी लगौटी तानातान।
६१. के निउँ पाउँ कनिका फुकाउँ।
६२. उनीहरूको घरमा झगडा हाम्रो घरमा धुनधान।
६३. मानो रोपेर मुरी फल्ने।