ब्राजिलमा नरभक्षी मानिस (Maneater People in Brazil)

Views:
14

साभार: सौर्य दैनिक, २०६९ बैशाख ४ गते सोमबार

ब्रासिलिया : मान्छेको मासु खाने मानिसका प्रसंग दन्त्यकथामा पाइन्छन्। तर, वास्तविक जीवनमै यस्तो घटना घटेको सुन्‍नुभयो भने तपाईंलाई आश्‍चर्य लाग्ला! ब्राजिलमा यस्तै अपत्यारिलो घटना भएको छ।

ब्राजिलका तीनजनाले एउटी महिलाको हत्या गरेर मृतकको मासुबाट परिकार बनाएका छन्। त्यस्तो परिकार खानुबाहेक उनीहरूले छरछिमेकीलाई समेत बिक्री गरेको सार्वजनिक भएपछि यसले ब्राजिलमा सनसनी मच्चाएको छ। ब्राजिलको उत्तरपूर्वी क्षेत्रमा बसोबास गर्दै आएका जोर्ग बेल्ट्रो निग्रोमोन्ट, उनकी श्रीमती इसाबेल पाइरस र प्रेमिका ब्रुना डा सिल्भाले एक महिलाको हत्यापछि तिनको मासुबाट परिकार बनाएको प्रहरीले जनाएको छ।

आयाको जागिर लगाइदिने प्रलोभन देखाई घरमा बोलाएर उनीहरूले ती महिलाको हत्या गरेका हुन्। प्रहरीले उनीहरूको बगैंचाबाट थप दुई शव बरामद गरेको छ। सोही क्षेत्रका दुई महिला केही दिनअघिदेखि हराइरहेकोले ती शव उनीहरूकै हुन सक्ने आशंका गरिएको छ। यी नरभक्षी  ‘विश्‍वको शुद्धिकरण र जनसंख्या कटौती’ मा विश्‍वास राख्‍ने सम्प्रदायका मानिस हुन्। उनीहरूलाई गत बुधबार प्रहरीले प्रक्राउ गरेको थियो। सोधपुछका क्रममा उनीहरूले अपराध स्वीकार गरेका थिए। हरेक वर्ष तीन महिलाको हत्या गर्ने योजना आफूहरूले बनाएको उनीहरूले प्रहरीसमक्ष बताएका छन्। (डेलिमेल)

(Visited 35 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *